राजपा केन्दीय समितिको बैठक साउन तेस्रो हप्ता

काठमाडौं, साउन ७ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भावी रणनीति तय गर्न पदाधिकारी र केन्द्रीय समितिको बैठक यही साउन तेस्रो हप्ता बोलाएको छ ।
बिहीबार र शुक्राबार बसेको सो पार्टीको अध्यक्षमन्डलको बैठकले साउन १८ देखि २० गतेसम्म पदाधिकारी र साउन २१ देखि केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुरले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीसम्बद्ध वर्गीय संगठनका केन्द्रीय अध्यक्ष र पार्टी जिल्ला अध्यक्षमन्डलका अध्यक्षलाईसमेत आमन्त्रित गरिनेछ ।

आगामी असोज २ गते २ नम्बर प्रदेशमा तय गरिएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई ध्यानमा राखी पार्टीले बैठक बोलाएको हो ।

अघिल्लो दुई चरणको निर्वाचन बहिस्कारका विषयमा सो पार्टीभित्र विवाद उत्पन्न भएको छ ।

राजपाका नेता हृदयेश त्रिपाठीलगायतले केन्द्रीय समितिको बैठक डाक्नुपर्ने माग राख्दै केही दिनअघि भैरहवामा पत्रकार सम्मेलन गरेका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु