राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ माघ १७–
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आइतबार बस्दैछ । सत्ता साझेदार दलले नै सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाइरहेकाबेला बैठक बस्न लागेको हो । बैठकमा सरकारको कामकारवाही र संविधान संशोधन भएपछि मधेसी मोर्चाले जारी राखेको आन्दोलन, रक्सौल नाका अझै नखुलेको लगायतका विषयमा छलफल हुने बताइएको छ । एकीकृत नेकपा माओवादीले सरकारको काम सन्तोषजनक नभएको भन्दै तत्काल संयन्त्रको बैठक बोलाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको थियो । एमाओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेरै संयन्त्रको बैठक बोलाउन आग्रह गरेका थिए । विहान नौ बजे बस्ने भनिएको बैठक अहिले सम्म बस्न नसकेको र केहिबेरमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!