राजनीतिक अस्थीरताले भ्रष्टाचार नियन्त्रण हुन सकेन : रेग्मी

काठमाडौं, मंसिर २७ । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले अपारदर्शी राज्य व्यवस्था र राजनीतिक अस्थीरताका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा रेग्मीले भ्रष्टाचार नियन्त्रण गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने बताउँदै यसका लागि सबै एक जुट हुनुपर्नेमा जोड दिए । रेग्मीले कानुन, नागरिक समाज र सञ्चारमाध्यमहरु भ्रष्टाचार नियन्त्रण गर्न सक्रियतापूर्वक लाग्नुपर्ने बताए ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २००३ देखि विश्वव्यापी रुपमा भ्रष्टाचार हुने क्षेत्रहरुका बारेमा सर्वेक्षण गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!