राजधानीमा सोलुकी ३ महिला आरोही सम्मानित

शिखर गजरकोटे,
सोलुखुम्बु, १२ श्रावण,

काठमाण्डौमा ३ जना सगरमाथा महिला आरोहीलाई सम्मान गरिएको छ ।

शुक्रबार अनलिमिटेड नेचुरल अपरचुनिटी (यूएनओ)को आयोजनामा भएको एक कार्यक्रममा सगरमाथा आरोही ३ शाहसीक महिला आरोहीलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा गत मे १६ मा सगरमाथा आरोहण गरेका खुम्बुपासाङल्हमु गाउँपालिका १ की पासाङल्हमु शेर्पा, सोही गाउँपालिका ३ की ल्हाक्पा याङजी शेर्पा र सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङकी याङडी शेर्पा रहेका छन् । उनीहरुलाई खानेपानी तथा सरसफाई मन्त्री विना मगरले सम्मान गर्नुभएको हो ।

सम्मान कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पा लगायत आरोहका लागि आर्थिक सहयोग गर्ने संस्थाका प्रमुख तथा व्यक्तिहरुको सहभागीता रहेको राजधानीवाट सहकर्मी सोनाम डोल्मा शेर्पाले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु