राई विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा जितेन

खोटाङ, बैसाख २९
किरात राई विद्यार्थी संघ केन्द्रीय समितिको अध्यक्षमा जितेन राई निर्वाचित भएका छन् । ‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किरात स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारासहित खोटाङमा आईतबार सम्पन्न नवौं सम्मेलनको बन्दसत्रबाट जितेन अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । नवनिर्वाचित अध्यक्ष राई यसअघि उपाध्यक्षको भूमीकामा थिए ।
३७ सदस्यी संघको उपाध्यक्षमा शोभित राई र सन्तोष मुक्मिन राई, महासचिवमा रबिन राई, सचिवमा प्रबिणा राई र दिपेन राई, कोषाध्यक्षमा देवकुमार बाहिङ राई र सह–कोषाध्यक्षमा प्रभा राई निर्वाचित भएका छन् । आयोजक समितिबाट २३ जना र विभिन्न भूगोलबाट ३४ जना समावेश गरेर ५७ जनाको केन्द्रीय परिषद बनाएपछि त्यही परिषदबाट नयाँ नेतृत्व चयन गर्ने व्यवस्था भए पनि आयोजक समितिबाट आकांक्षी बढि भएपछि मतदान गराइएको थियो । आयोजक समितिबाट निर्वाचनका माध्यमबाट २३ जना प्रतिनिधिको टुंगो लगाएपछि नयाँ नेतृत्व भने सहमतीमा चयन गरिएको निर्वाचन मण्डलले जनाएको छ ।
सम्मेलनले संघको प्रचार प्रसार तथा समन्वय विभाग प्रमुखमा शुभमानसुङ राई, शैक्षिक बिभाग प्रमुखमा भीम दुमी राई, प्रशिक्षण बिभाग प्रमुखमा निराजन किराती, भाषा, धर्म, संस्कृति बिभागमा समिप साम्पाङ, अनुशासन बिभागमा डार्बिन राई, महिला बिभाग प्रमुखमा सुशिला राई चयन भएका छन् । यस्तै, स्वयंसेवक बिभाग प्रमुखमा सञ्जय राई, अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सिताराम राई र बिदेश बिभाग प्रमुखमा सुमन राई चयन भएका छन् ।
सुदिप थुलुङ राई, तिलक राई, ममता राई, बिसा बिख्याति राई, इसाक राई, दिपक राई, रोशन राई, सागर राई, किरण राई, रमला राई, नबिन राई, बशन्त राई, सजिना राई, हेमराज राई, श्यामकला राई, इन्द्रहाङ राई र रमेश राई केन्द्रीय सदस्यमा चुनिएका छन् ।
यायोक्खाका केन्द्रीय अध्यक्ष दिबस राईले दिक्तेलको हेलीप्याडमा उद्घाटन गरेको सम्मेलनको बन्दत्रि शुभम फाउण्डेसनको सभाहलमा गरिएको थियो । बन्दसत्रमा यायोक्खाका केन्द्रीय उपमहासचिव भीम राईले अध्यक्ष मण्डलको अध्यक्षता तथा कोषाध्यक्ष देवान राईले निर्वाचन मण्डलको भूमीका निर्वाह गरेका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु