रविन लामिछानेको अर्को सफलता, दोलखामा पनि प्रथम

सोलुखुम्बु । अन्तर दोहोरी साँझ स्तरिय (रनिङ शिल्ड) दोहोरी प्रतियोगीतामा जित हात पारेका रविन लामिछानेले दोलखामा भएको दोहोरी प्रतियोगीतामा पनि प्रथम भएका छन् ।

दोलखाली कलाकार समाज र राष्ट्रिय अपांग अनुसन्धान विभागको आयोजनामा भएको दोहोरी प्रतियोगीतामा रविन लामिछानेको समूह प्रथम भएको हो । लामिछानेलाई शोभा कार्की दोहोरी गायनमा साथ दिएकी थिईन ।

प्रतियोगीतामा सागर विसीको समूह द्धितीय, वविता बानिया जेरीको समूह तृतीय भएका छन् भने स्थानीय समूहले सान्त्वना स्थान हात पारेको हो ।

शिर्ष स्थान हासिल गर्ने समूहलाई नगद ५१ हजार, ३१ हजार, १५ हजार र १० हजार नगदको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगीतामा उत्कृष्ट गायक र गायिका सागर र वविता भएका छन् । ८ प्रतियोगी सहभागी प्रतियोगीता अधिकांश राजधानीवाट सहभागी भएका थिए ।

प्रथम बन्न सफल भएका दोहोरी गायक लामिछानेले हाम्रोभाखालाई प्रतिक्रिया दिदै भने, ‘प्रथम भएकोमा खुसि छु, मेरा सहकर्मी शोभा कार्कीलाई पनि धन्यवाद ।’

यतै बस्छु भो त्यता लम्किन्न,
जुनको सामु जुनकिरी चम्किन्न

सामान्य विषयलाई उठान गर्दै भव्य र ओजिलो शब्द चयन गर्न खप्पिस लामिछाने स्टेज दोहोरी जस्तो प्रतियोगीतात्मक दोहोरी नहुने बताउछन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु