रमेश पाल्पालीले लेखे – सर्जक ‘एकनारायण भण्डारी’ को संक्षिप्त जीवनी

12670292_982321521859692_6919250242579861073_n

सोलुखुम्बु । हरेक विधामा सृजनाका लागि माहिर कहलिएका एक सर्जक एकनारायण भण्डारीको संक्षिप्त जीवनी बजारमा आएको छ । उक्त जीवनी लेखेका हुन्, रमेश पाल्पालीले । पाल्पाली पनि सर्जक नै हुन् । उनले लेखेको दर्जनौ गीत बजारमा सार्वजनिक गरिसकिएको छ ।

शुद्द नेपाली भाषी
स्याङजाका बासी
बोल्छन हाँसी हाँसी

शब्दका त किसानी
संगीतका त दासी
स्वर भने सुकुम्बासी

बेल गेटसको काम
लक्ष्मी प्रसादको नाम
न कौडी न त दाम

हरेक अवधाराणलाई सृजनाको हिसावले न्याय दिने सर्जक हुन्, एकनारायण भण्डारी । उनी स्याङजामा जन्मेर नेपाली गीतसंगीतमा मियो गाडेर बसेका छन् । कतिपयले भण्डारीलाई गीतसंगीतको ‘राजा’ भन्ने गरेका छन् । कतिपयले नाम जस्तै कामले पनि पहिलो नम्बरमै राज गर्न सफल ठान्छन्, भण्डारीलाई । यी हरफहरु मार्फत पाल्पालीले भण्डारीको क्षमता र चरित्रको चित्रण गर्न खोजेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!