रक गार्डेनलाई ४० लाख बजेट

दिलीप खत्री,

खोटाङ, चैत्र ५

खोटाङको त्रि–धार्मिकस्थल हलेसी नजिकै रहेको ककनीडाँडामा ‘रक गार्डेन’ निर्माणका लागि प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ककनीडाँडामा रहेको कडा चट्टानले ढाकिएको डाँडालाई ढुंगे बगैंचाको रुपमा विकास गर्नका लागि १ नम्बर प्रदेश सरकारले बजेट विनियोजनगरेको हो ।

हलेसी तुवाचुङ नगरपालिकाले ककनी डाँडामा ‘रक गार्डेन’ बनाउनका लागि डिपिआरको काम अन्तिम चरणमा र्पुयाएको बेला प्रदेश सरकारबाट बजेट प्राप्त भएको प्रदेश सभा सांसद रामकुमार राई पासाङले बताए । एक करोड ३५ लाख रुपैयाँ माग गरिएकामा प्रदेश सरकारले ४० लाख मात्र विनियोजन गरेको हो । प्रदेशसभा सांसद राईका अनुसार अब उपभोक्ता समिति गठन, ठेक्का प्रकृया लगायतका काम अघि बढ्ने छ ।

हलेसीभन्दा केहीमाथि रहेको ककनीडाँडामा करिब १६० रोपनी सरकारी जग्गा चट्टानै–चट्टानले ढाकिएको छ । सिंगो डाँडा खोपेर बनाए जस्ता चुच्चो परेका ढुंगाले ढाकिएको छ । त्यस मध्ये ५६ रोपनी जग्गाभित्रका चट्टानलाई समेटेर रक गार्डेन बनाउने लक्ष्य राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

प्राकृतिक चट्टानले बनेको ककनीको मन्दीरभन्दा केहीमाथि रहेकाले ककनीमा पुग्ने पर्यटकलाई रक गार्डेनमा र्पुयाउन सकिने सम्भावना रहेको नगरपालिकाले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!