रकम अभावमा माप्यको खानेपानी आयोजना अलपत्र

सोनी राई
सोलुखुम्बु, चैत्र ७

माप्य दुधकोसी गाँउपालिका वडा नं ७ वाकुमा एक खानेपानी आयोजनाले रकम अभावमा अलपत्र परेको छ ।

खानेपानी मन्त्रालयबाट विनियोजित २० लाखबाट सुरु गरिएको रैतुङ खानेपानी आयोजनाको काम रकम अभावमा अलपत्र बनेको हो । आयोजनाको कुल लागत ३ करोड ५३ लाख भए पनि हालसम्म सम्बन्धित निकायबाट २० लाख मात्र रकम विनियोजन भएकाले कामले पुर्णता पाउन नसकेको निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष मिन बहादुर कार्कीले बताए ।

कुल लागत मध्ये ६६ लाखको श्रमदान लगाईने छ । खानेपानी योजनाका लागि मन्त्रालयबाट छुट्टिएको रकमबाट पाईप खरिद, इन्टेक र ढुवानीको काम गरिएको छ । लामो समयदेखी साविकको वाकु गाविसको वडा १, २ र ३, ४ का नागरिकले पानीको चरम अभाव खेप्दै आएका छन् । आयोजना सम्पन्न गर्नका लागि बजेटको आशमा रहेको कोषाध्यक्ष कार्कीको भनाई छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु