यू-१६ महिला बास्केटबल टोलीको बिदाइ


हिमाल एफ.एम, १ कार्तिक काठमाण्डौं ।

नेपाली यू-१६ महिला राष्ट्रिय बास्केटबल टोलीले भारतमा हुने फिबा यू-१६ वुमन्स एसियन च्याम्पियनसिप २०१७ बास्केटबल प्रतियोगितामा भाग लिने भएको छ।

भारतमा आगामी आइतबारबाट शुरु हुने प्रतियोगितामा सहभागिता जनाउने नेपाली यू-१६ महिला टोलीलाई बुधबार नेपाल बास्केटबल संघले बिदाइ गरेको छ।

अक्टोबर २२ देखि २८ सम्म भारतको बेंगलुरुमा हुने प्रतियोगितामा नेपाल र आयोजक भारतसहित कूल १४ राष्ट्रका यू-१६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

नेपाली बास्केट बलको इतिहासमै फाइनल राउण्डको प्रतियोगिता खेल्न लागेको यो पहिलो पटक भएको नेबाले जनाएको छ।

नेबाका अध्यक्ष लामा टेण्डी शेर्पाले फस्ट कम फस्टका आधारमा नेपालले च्याम्पियनसिपमा खेल्ने अवसर पाएको बताए।

फिबाका अनुसार सहभागी १४ टोलीलाई दुई डिभिजनमा विभाजन गरेर च्याम्पियनसिप खेलाइनेछ। जसअन्तर्गत डिभिजन ए मा चीन, जापान, दक्षिण कोरिया, चाइनिज ताइपेइ, हङकङ, थाइल्याण्ड, अष्ट्रेलिया र न्यूजिल्याण्ड गरी ८ टिम छन्। यस्तै डिभिजन टू मा आयोजक भारत र नेपालसहित ६ टिम हुनेछन्।

१६ सदस्यी नेपाली टोली बिहिबार भारत प्रस्थान गर्नेछ।

Comments

comments

सम्बन्धित शीर्षकहरु