यु–१९ एशिया कपमा आज नेपालले यूएईको सामना गर्ने

हिमाल एफ एम । पौष  १६ – संयुक्त अरब इमिरेट्स युएईमा जारी एसीसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले आयोजक यूएईको सामना गर्दैछ । समूहका सुरुका दुई खेलमा हार बेहोरेको नेपाल सेमिफाइनल प्रवेशको सम्भावनाबाट बाहिरिइसकेको छ ।

नेपालले पहिलो खेलमा पाकिस्तानसंग र दोस्रो खेलमा भारतसंग पराजय बेहोरेको थियो । एसिया कपमा दोस्रो पटक सहभागीता जनाएको नेपालले शाख जोगाउन युएई विरुद्ध जित्नैपर्ने दवाव छ । दुई वर्षअघिको पहिलो सहभागीतामा नेपालले मलेसियालाईमात्रै पराजित गर्न सकेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु