युरोपा लिगको फाईनल खेल आज, लिभरपुल र सेभिया भिड्ने

khकाठमाडौं, जेठ ५ – युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगको उपाधिका लागि बुधबार(आज) राती सेभिया र लिभरपुल भिड्दै छन् ।

इङ्गलिश क्लव लिभरपुल र स्पेनको सेभियाबीचको खेल स्वीट्जरल्याण्डको बाजलमा राती साढे १२ वजे सुरु हुनेछ ।

जारी सिजनको घरेलु फुटबलमा खासै जम्न नसकेका लिभरपुल र सेभियाले युरोपको दोस्रो ठुलो प्रतियोगिता युरोप लिगमा भने शानदार प्रदर्शन गरिरहेका छन् ।

सेमिफाईनलमा स्पेनको भिल्लारियाललाई हराउँदै लिभरपुल तथा युक्रेनको शख्तरलाई हराउँदै सेभिया फाईनलमा पुगेका हुन् ।

सेभिया लगातार तेस्रो पटक युरोपा लिग जित्ने अभियानमा छ भने लिभरपुल पनि यो प्रतियोगिता जित्दै नयाँ प्रशिक्षक योर्गेन क्लोपको नेतृत्वमा पहिलो सिजनमै उपाधि उचाल्ने अभियानमा छ ।

यी दुवै टोलीले आ आफनो देशको घरेलु लिगमा खराब प्रदर्शन गरेकोले अर्को सिजनको च्याम्पियन्स लिग फुटबलमा छनौट हुन पनि दुवै टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ । युरोपा लिगको च्याम्पियन टोली अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट हुने व्यवस्था छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु