युनिकले सिर्जुलाई माया जालमा पारे

राकेश नेपाली
उदयपुरे गायक तथा मोडल युनिक खड्काको नयाँ भिडियो बजारमा आउन लागेको छ । आधा दर्जन गितमा स्वर दिईसकेका खड्काले आफ्नो नयाँ गितको म्युजिक भिडियो बजारमा ल्याउन लागेका हुन् ।

माया जालैमा बोलको गित उनले बजारमा ल्याएका थिए । छोटो समयमै धेरै स्रोताहरुले आफ्नो गित मनपराएपछि म्युजिक भिडियो बनाईएको गायक तथा मोडल खड्काले बताए । म्युजिक भिडियो छायांकन उदयपुरको गाईघाट आसपासमा गरिएको छ ।

गायक युनिक र गायिका एन्जिला रेग्मीको स्वर रहेको गितको म्युजिक भिडियोमा मोडलको रुपमा युनिक खड्का र सिर्जना चौधरीलाई देख्न सकिने छ । यस्तै म्युजिक भिडियोमा एम डान्स सेन्टर गाईघाटका कलाकारहरु र कोरियोग्राफर ईश्वर राईको डान्स रहेको छ । भने दुलर्भ श्रेष्ठले छायाकंन गरेको म्युजिक भिडियोको निर्देशन मोडल खड्काले नै गरेका छन् ।

म्युजिक भिडियो अबको दुई हप्ताभित्र सार्बजनिक गरिने मोडल तथा गायक युनिक खड्काले बताए । आफ्नो जन्मिभुमिलाई चिनाउने उद्धेश्यले गाईघाटको मोतिगडा क्याम्पस, ओल्ड दरबार लगायतको क्षेत्रमा भिडियोको छायांकन गरिएको उनले बताए । गायन तथा मोडलिङ क्षेत्रमा उदाउँदै गरेका खड्काले स्रोता तथा दर्शकहरुको मन जितिरहेका छन् । यसका साथै बिभिन्न ठाउँमा हुने मेला महोत्सव तथा कन्सर्टहरुमा समेत उनले प्रस्तुती दिईरहेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु