युटुब सिरिज ‘गज्जवको लभ स्टोरी’को प्रिमियर (भिडियो सहित)

सोलुखुम्बु, साउन ३१


सोलुखुम्बुबाट युटुब सिरिज ‘गज्जवको लभ स्टोरी’ को पहिलो भाग शुभारम्भ गरिएको छ । शुक्रबार सल्लेरीमा एक कार्यक्रमको आयोजना गरि पहिलो भागको प्रिमियर गरिएको थियो । बारिस सोना, समिता तामाङ र मिङमा लमु शेर्पाको मुख्य भूमिका रहने सिरिज भिडियोलाई ‘स्कुल अफ लाइफ’ यूटुव च्यानलमा हेर्न सकिन्छ ।


राजु श्रेष्ठको कथामा निर्माण रहेको सिरिजको सुनिल गुरुङले निर्देशन गरेका छन् । थेयटरमा कक्षा लिइसकेका सिरिजका मुख्य कलाकार बारिस सोनाले सिमित स्रोत र साधनका बीच जिल्लाबाटै केही गरौ भन्ने सोचले सामूहिक काम गरेको बताए । सिरिजका निर्देशक सुनिल गुरुङले दर्शकको सुझावको आधारमा सिरिजलाई गुणस्तरिय बनाउदै लैजाने बताए ।


प्रिमियर कार्यक्रममा जनप्रतिनिधि, चिकित्सक, पत्रकार, कलाकार र अन्य सरोकारवालाको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले डिजिटल बजार यूटुवमा सिरिज आउनुले सोलुखुम्बुका नयाँ क्षमतालाई अबसर मिल्ने भएकाले राम्रो कामको शुरुवात भएको बताएका छन् ।
उनीहरुले निरन्तरता र टिम वर्कमा काम गर्न सुझाए ।

सोही अबसरमा सोलु हेल्थ केयर सेन्टर सल्लेरीका प्रबन्ध निर्देशक डा. राजेन्द्र बस्नेतले निर्माण टिमलाई हौसला स्वरुप नगद १० हजार सहयोग हस्तान्तरण गरेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!