युगकवि सिद्धिचरणको जन्मजयन्ती मनाउन राष्ट्रपति ओखलढुंगा आउँदै

हिमाल एफ.एम्
सोलुखुम्बु, जेठ ८
राष्ट्रपति विद्यादेवी भण्डारी ओखलढुंगा आउने हुनुभएको छ । युगकवि श्रेष्ठको १ सय ८ औं जन्मजयन्तीका अवसरमा शालिक अनावरण र स्रष्टापार्क उद्घाटन गर्न राष्ट्रपति भण्डारी विहिबार ओखलढुंगा आउने कार्यक्रम तय भएको हो । राष्ट्रपति भण्डारीको स्वागतका लागि सिद्धिचरण नगरपालिकाले तयारी अन्तिम चरणमा पु¥याएकोे छ । ओखलढुंगा सदरमुकाममा निर्माण गरिएको स्रष्टापार्कको उद्घाटन र युगकवि सिद्धिचरण श्रेष्ठको पूर्णकदको शालिक अनावरण गर्न राष्ट्रपति आउने भएकाले स्वागतका लागि भव्य तयारी गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको तयारीका लगि बनाईएको स्टेज, गेट व्यानर लगायतले सदरमुकाम झिलीमिली बनेको छ । युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ८ औं जन्मजयन्ती विहिबार भव्य रुपमा मनाईँदै छ । कार्यक्रमलाई सम्बोधन गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधनराई लगायतका विशिष्ट व्यक्तीहरु समेत आउने कार्यक्रम रहेको आयोजक सिद्धिचरण नगरपालिकाले जनाएको छ ।


को हुन् सिद्धिचरण श्रेष्ठ  

सिद्धिचरण श्रेष्ठ विसं १९६९ जेठ ९ गते बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा ओखलढुंगामा जन्म भएको हो । त्यसबेला एउटा पनि विद्यालय नभएका र ब्राह्मण बालकले मात्र गुरुका घरमा गएर रुद्री, चण्डी र वेद पढ्ने भएकाले उहाँले सात वर्षको उमेरसम्ममा केवल बाह्रखरीको मात्र अध्ययन गर्नुभएकोे थियो । सिद्धिचरणले १९८४ सालमा १५ वर्षको हुँदा पाँच कक्षामा सन्ध्या शीर्षकको कविता लेख्नुभएको थियो । पाँच कक्षामा पढ्दादेखि नै कविता लेख्न थालेको भएपनि हिसाबमा कमजोर भएकाले उहाँले आठ कक्षासम्मको मात्र औपचारिक शिक्षा हाँसिल गर्नुभएको थियो । सिद्धिचरणका मेरो प्यारो ओखलढुंगा निकै चर्चित कविता हो । मेरो प्रतिबिम्ब, कोपिला, कुहिरो र घाम, सिद्धिचरणका प्रतिनिधि कविता, तिरमिर तारा र बाँचिरहेको आवाज उहाँको कविता संग्रह हो भने उर्वशी, ज्यानमारा शैल, मंगलमान र आँसु खण्डकाब्य हुन् ।

सुरक्षा व्यवस्था चुस्त 
राष्ट्रपति विद्यादेविभण्डारी ओखलढुङगामा आउने भए सगै सुरक्षा व्यवस्था कडा पारिएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको युगकवि श्रेष्ठको १ सय ८ औं जन्मजयन्तीका अवसरमा राष्ट्रपति भण्डारी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रसासन कायृलय सोलुखुम्बुले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले हिमाल एफ.एम् सँग कुरा गर्दै कार्यक्रम स्थलमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा शशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिएको बताउनुभयो । राष्ट्रपति विद्यादेवि भण्डारी बिहीबार विहान १० बजे हेलीकप्टर मार्फत ओखलढुङगा आउने हुनुभएको हो ।

 

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!