यी हुन प्रदेश नं. १ बाट एमालेका समानुपातिक प्रदेश सांसद

हिमाल एफ एम,
सोलुखुम्बु, १४ पौष ।

नेकपा (एमाले) ले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ । एमालेको बिहिबार बसेको स्थायी समितकिो बैठकले प्रदेश नं. १ को समानुपातिक तर्फबाट १५ महिला सांसदहरुको नाम निर्वाचन आयोगमा पठाएको छ । प्राप्त सुची अनुसार प्रदेश नं १ बाट एमाले पाएको १५ जनामा सबै महिला पठाएका छन् ।

प्रदेश सूची नयाँपेजवाट साभार गरिएको हो ।

एमालेवाट समानुपातिक सांसद पाउने जिल्ला मध्ये मोरङ पहिलो बनेको छ । मोरङवाट सरिता थापा, सावित्रा कुमारी रेग्मी, बसन्तदेवी यादव र गुलेफून मिँया समानुपातिक सांसद बनेका छन् । त्यस्तै, खोटाङ र उदयपुरवाट २/२ जना महिला सांसदका लागि छनौटमा परेका छन् । उषाकला राई र कृष्ण कुमारी राई खोटाङवाट, अम्बिका थापा र सुनिता कुमारी चौधरी उदयपुर जिल्लावाट समानुपातिक सांसद छनौटमा परेका हुन् ।

त्यस्तै, धनकुटावाट विनादेवी राई, सुनसरीवाट सावित्रि जोशी, संखुवासभावाट पदम कुमारी गुरुङ, ताप्लेजुङवाट होम कुमारी सावाँ, तेह्रथुमवाट यशोदा अधिकारी, ईलामवाट जसमाया गजमेर र पाँचथरवाट आशारज जगेबु समानुपातिक सांसदको छनौटमा परेका छन् ।

प्रदेश नम्बर १ मा एमालेले १५, कांग्रेस १३ र माओवादीले ५ सिट ल्याएका छन्। यस्तै संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट प्राप्त गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु