यी हुन्, आगामी निर्वाचनमा सोलु कांग्रेसका उम्मेद्धार

भानुभक्त निरौला
सोलुखुम्बु, १ कात्तिक

आन्तरीक विवाद र गुटगद राजनैतिक ध्रुविकरणमा रहेको कांग्रेस सोलुखुम्बुको उम्मेद्धार टुंगो लागेको छ ।

प्रतिनिधि सभाका लागी पौडेल पक्ष र प्रदेश सभाको दुई सिटका लागी पार्टी सभापति शेर बहादुर देउवा पक्षले उम्मेद्धार अघि सारेको छ । प्रतिनिधि सभाका लागी बल बहादुर केसी, प्रदेश सभाको १ को लागी प्रकाशसिंह कार्कीलाई काग्रेसले अघि सारेको छ ।

प्रदेश सभाको क्षेत्र नम्बर २ का लागी आङगेलु शेर्पालाई उम्मेद्धार खडा गर्ने कांग्रेसले निर्णय गरेको छ । उता, खोटाङमा प्रतिनिधि सभाको लागी सरस्वती बजिमय, प्रदेश सभाको क्षेत्र नम्बर १ को लागी सुवास पोख्रेल र प्रदेश सभाको क्षेत्र नम्बर २ को लागी विष्णु कुमार राईलाई उम्मेद्धार बनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु