यस वर्षको शरद् ऋतुमा हिमाल आरोहण गर्नेको संख्या उल्लेख्य


हिमाल एफएम,२४ असोज ।

यस वर्षको शरद् ऋतुमा हिमाल आरोहण गर्नेको संख्या उल्लेख्य रुपमा बढेको देखिएको छ । पर्यटन विभागका अनुसार अहिले मनास्लु, अमादब्लम, धौलागिरि लगायतका हिमाल तथा शिखर आरोहण गर्न केही नेपाली सहित १०७ भन्दा बढि आरोहण दलले आरोहण अनुमति लिएका छन् । आरोहीहरु अक्टोबर महिनाभरि आउने भएकाले यो संख्या अझै बढ्ने विभागको अनुमान छ । विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार अघिल्लो वर्ष यही मौसममा १५० आरोहण दलले आरोहण अनुमति लिएका थिए । अघिल्लो वर्षको संख्या र अवधिलाई हेर्दा यो वर्ष आरोहीको संख्या बढ्ने देखिन्छ । भारत, युरोप अमेरिकालगायत मुलुकबाट आएका कतिपय आरोहीले आरोहण शुरु गरिसकेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु