यस्तो छ यौनकर्मी महिलाको सनसनीपूर्ण कथा

कुमारी छात्रादेखि दिनमा सात जनासम्म ग्राहकको यौन प्यास मेटाउने पेशेवर यौनकर्मी महिला । एक यौनकर्मी युवतीले आफुले विभिन्न वेश्यालयहरुमा काम गर्दाको आफ्नो यथार्थ कथाको सनसनीपूर्ण खुलासा गरेकी छिन् ।
सोसल साइट रेडिटको आस्क मी एनिथिंग नामक थ्रेडमा यौनकर्मी सराह गि्रनमोरले जिज्ञासुहरुका जवाफ फर्काउने क्रममा आफ्नो कथा खुलस्त भनेकी छिन् ।
अमेरिकाको नेवादाकी बासिन्दा सराहले आफ्नो आम्दानीको बारेमा समेत खुलासा गर्दै आफुले १५ दिनमै झण्डै १० हजार डलर कमाउने गरेको बताइन् ।
आफुले सुरुमा एउटा स्पामा काम गरेको तर त्यसबाट राम्रो कमाइ नभएपछि आफु यौन उद्योगतर्फ लागेको उनले बताएकी छिन् ।
उनले काम गर्ने गरेको मूनलाइट बन्नी राँच वेश्यालय एउटा रियालिटी टेलिभिजनमा समेत देखाइएको थियो ।
तिमी बुढी भएपछि के गर्छौ ? अनुहारमा चाउरी परेपछि के गर्छौ ? भन्ने जस्ता व्यक्तिगत प्रश्नहरु दैनिक रुपमा आउँदा त्यसले आफुलाई आजित पार्ने गरेको उनको अनुभव छ ।
दुनियामा महिलाहरुले यौन सेवा खरीद गर्ने तथा यौन उद्योगमा ग्राहक बन्न जाने क्रम पुरुषको तुलनामा निकै कम रहेको भन्दै उनले त्यसैले वेश्यालयमा महिला ग्राहकको संख्या खासै नहुने अनुभव सुनाउँछिन् ।sex-worker-2
वेश्यालयमा आउने सबै पुरुषहरु केवल सेक्सका लागि नआउने गरेको उनको अनुभव छ । कतिपय ग्राहकहरु यौनकर्मी महिलासँग नजिकिन, अन्तरंग कुराकानी गर्न तथा रमाइलो गर्न समेत आउने गर्दारहेछन् ।
आफुले केही वर्षसम्म एकजना पोर्नस्टारसँग प्रेम र रोमान्स गरेको खुलासा गर्दै उनले तर पछि ऊसँग ब्रेकअप भएको र यसमा आफुहरु दुबैजनाको पेशासँग सम्बन्धित विभिन्न विषयहरु जिम्मेवार रहेको बताउँछिन् ।
आफु अब अरु कसैसँग पनि डेटिङका लागि इच्छुक नरहेको भन्दै उनले आफु आफैसँग र आफुलाइ पैसा तिर्नेसँग निरन्तर डेटिङमै रहेको बताउँछिन् उनी ।
यौन व्यवसायलाई तिव्र रुपमा अगाडि बढाइरहेकी सराहको एउटा कडा नियम छ । त्यो हो उनी कण्डम विना सेक्स गर्दैनिन् । ‘मेरो तथा मेरो ग्राहकको सुरक्षा यौन सन्तुष्टि भन्दा महत्वपूर्ण कुरा हो । यसमा विवाद नै छैन’, उनी भन्छिन् ।
एकपटक उनले ध्यान नदिएको बेलामा एक कलेज पढ्ने विद्यार्थी ग्राहकले उनीसँग कण्डम नै नलगाई यौन सम्पर्क गर्न थालेछ । पछि उनले उसलाई इश्वरको डर देखाएपछि उसले उल्टै ४ सय डलर दिएर माफी माग्दै भागेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु