यमनमा हैजाका कारण दुई हजार वढि बालबालीकाको मृत्यु

हिमाल एफएम ,२२ असोज ।
ेयमनमा गएको करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार १५१ जनाको मृत्यु भइसकेको पछिल्लो तथ्यांकमा खुल्न आएको छ । गएको अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या बढेर दुई हजार १५१ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार जनाएको समाचारमा उल्लेख छ । यमनका २३ ओटा प्रान्तमध्ये २२ ओटा प्रान्तमा हैजा फैलिएको थियो ।

हैजाबाट कुल ८ लाख ६२६ जना बिरामी भएको विश्व स्वास्थ्य संगठनद्वारा सन्चारकर्मीलाई वितरित विज्ञप्तिमा जनाइएको छ । मृत्यु भएकामध्ये अधिकांश घटना उत्तरी हाज्जाह प्रान्तमा भएका हुन् । त्यसैगरी, धेरै बिरामीहरु भने उत्तरपश्चिमी होडेइडाह प्रान्तका रहेका पनि उक्त समाचारमा जनाइएको छ । हैजाको प्रकोप फैलिएका दुवै ठाउँ हुथी विद्रोहीको नियन्त्रणमा रहेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु