म्याग्दीमा शसुख्खा पहिरोले कालीगण्डकी थुनियो

हिमाल एफ एम । जेष्ठ १०- म्याग्दी सदरमुकामबाट ९ किलोमिटर उत्तर बेनी–जोमसोम सडकको गलेश्वर–बेगखोला खण्डमा पर्ने बैसरीमा राम्चे गाविस-९ महभीरमा गएरातिदेखि जान थालेको पहिरो जान अझै रोकिएको छैन । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पहिरोले घटनास्थल केही देखिएको छैन । उद्धारको लागि नेपाली सेना र प्रहरी त्यता जान सकेको छैन । जिप्रकाका असइ पूर्ण बरालले सुख्खा माटो झरिरहेकोले वरिपरि धुलाम्मे भएको जानकारी दिए । उनले भने, ‘धूलोको मुस्लो उडिरहेको छ । हामी पनि नजिकै जान सकेका छैनौँ । अलि माथि डाँडोमा बसेर हेरिराखेका छौँ ।’ आइतबार बिहान १ बजे झरेको पहिरोले भगतवती गाविस, २ बैसरीमा कालीगण्डकी नदी थुनिएको हो ।

सदरमुकाम बेनीदेखि ९ किलोमिटर उत्तर बेनी–जोमसोम सडकको गलेश्वर–बेगखोला खण्डमा पर्ने बैसरीमा राम्चे गाविस, ९ महभीर फुटेर पहिरो झरेपछि कालीगण्डकी नदी ११ घन्टादेखि थुनिएको छ । काठमाडौंबाट बिहान ८ बजेर १५ मिनेटमा ६ जनाको उद्धार टोली लिएर हेलिकप्टर म्याग्दीको लागि प्रस्थान गरेको नेपाल प्रहरीले जनाएको छ । हेलिप्याड घटनास्थल भन्दा १ किलोमिटर माथि बनाइएको बताएको छ ।

पहिरोले बैसरी बजारसमेत कम्तीमा २६ घर पुरेको छ । मानवीय हताहती भएको छैन । कालीगण्डकी थुनिएपछि तटिय क्षेत्रका म्याग्दी सदरमुकाम बेनीबाट स्याङ्गजासम्मका वस्ती उच्च जोखिममा छन् । बेनी तथा नदी किनाराका बासिन्दा सुरक्षित स्थानको खोजीमा डाँडापाखामा पुगेका छन् । सदरमुकाम क्षेत्र प्राय: खाली भएको छ । बैंक तथा वित्तिय संस्थाहरु लकर सुरक्षा गर्न उच्च सर्तकतामा छन् । बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
पहिरो झरिरहेकोले उद्धारमा जान कठिन भएको जिप्रकाका असइ बरालले बताएका छन् । सदरमुकाम बचाउ कार्यक्रम अन्तर्गत बेनीमा पुरानो ग्याभिन हटाईएको र नयाँ तयार नभएकोले नदीमा बाढी आएमा बेनीमा पहिलो क्षति पुर्‍याउने छ ।
पहिरोको नजिक ऋषिनचौतारी रहेका नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरत केसीका अनुसार पहिरोको उचाई अन्दाजी ८० मिटर छ । मानवीय क्षतिको विवरण आएको छैन । करिव २५ घर पुरेको छ । शुक्रबार बिहानदेखी पहिरो र्झन थलेपछि बैंशरी क्षेत्रका २६ परिवारलाई सुरक्षित स्थलमा पुर्‍याइएको थियो ।
म्याग्दी कारागार डुबान हुन सक्ने भन्दै त्यहाँ रहेका कैदिबन्दी थुनुवाहरुलाई जिविसको सभाहलमा सार्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु