मौसम प्रतिकुलताका कारण उडान प्रभावित

भुपेन्द्र पौडेल
सोलुखुम्वु, असार १८ ।

मनसुन शुरु भएसंगै मौसममा आएको खराविका कारण उडान अबरुद्ध हुदा जनजिवन प्रभावित भएको छ ।

वाक्लो हुस्सु र कुहिरोको कारण अधिकांश पहाडि भेगको उडानहरु हुन सकेका छैन । सोलुखुम्वुको तेन्जिङ हिलारी विमानस्थल लुक्लाले मौसममा आएको खराबीका कारण २ हप्ता देखि उडान भर्न सकेको छैन । विमानस्थल प्रमुख योगेन्द्र नाथ कुवरका अनुसार आकस्मिक रुपमा उडान भर्नुपर्ने अवस्था आएमा पनि मौसम प्रतिकुलताका कारण त्यो संभावना न्युन छ ।

फाईल तस्विर

यता, फाप्लु विमानस्थलले पनि नियमित रुपमा आफ्नो तालिका अनुसार उडान भर्न सकेको छैन । विमानस्थल प्रमुख अमित चौरासियाका अनुशार छिटपुट रुपमा मौसम अनुकुलमा छिटफुट उडान भर्ने गरिएपनि अंधिकांश उडानहरु प्रभावित हुने गरेको छ । मौसमसंग जोडिएको उड्यन क्षेत्र पहाडी भेगका लागि वर्षामा निकै चुनौति पुर्ण देखिएको छ ।

मौसम प्रतिकुलताकै कारण तिंङला दुर्घटनामा निधन भएका मध्ये २ जनाको शव हेलिमार्फत पठाउने भनिएपनि अन्ततः हेलिले समेत उडान भर्न नसक्दा गाडिमा पठाउनु परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुका प्रहरी निरिक्षक प्रधुम्न अधिकारीले वताउनुभयो । उहाका अनुसार आकस्मिक दुर्घटनामा उद्धार गर्न समेत कठिनाई हुने अवस्था सृजना भएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु