मौसमको खराबीले अमेरिकी हेलिकोप्टर दुर्घटना : संयुक्त कार्यदल

हिमाल एफ एम असार ११-
भूकम्पपीडितको सहयोगका लागि नेपाल आएको अमेरिकी ‘ओस्प्रे’ हेलिकप्टर दुर्घटनासम्बन्धी प्रतिवेदन तयार भएको छ । दुर्घटनालगत्तै नेपाली र अमेरिकी सैनिक सम्मिलित छानबिन कार्यदल गठन गरिएकोमा उक्त कार्यदलले शुक्रबार आफ्नो प्रतिवेदन पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पालाई बुझाएको हो ।
कार्यदलका अध्यक्ष सहायकरथी सुधीर श्रेष्ठको अध्यक्षतामा रहेको कार्यदलले ‘दुर्घटनास्थल कालिन्चोक क्षेत्रको पहाडी श्रृंखलाको बनोट र खराब मौसमका कारणले हेलिकप्टर दुर्घटना भएको’ जनाएको छ । ‘खराब मौसमका कारण हेलिकप्टर बादलमा पस्दा ११ हजार २ सय मिटर अग्लो कालिन्चोक पहाडमा ठोक्किएर दुर्घटना भएको’ प्रतिवेदनमा उल्लेख छ । साथै संयुक्त छानबिन कार्यदलले भविष्यमा यस्ता दुर्घटनाबाट बच्न केही सुरक्षात्मक सुझावहरु पनि दिएको छ । गत वैशाख २९ गते दोलखामा भूकम्पपीडितको उद्धारका लागि गएको उक्त हेलिकप्टर दुर्घटना हुँदा ४ जना अमेरिकी नागरिक र २ जना सैनिक तथा ५ जना भूकम्पपीडितको मृत्यु भएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!