मोदी र शरिफले हात मिलाएसँगै सकियो सार्क सम्मेलन

काठमाडौं ।
Modi-and-Sharif-Shaking-hand-8

भारत र पाकिस्तानका प्रधानमन्त्रीले हात मिलाएसँगै १८ औं सार्क शिखर सम्मेलन समापन भएको छ ।

सम्मेलनको उद्घाटन सत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच हेराहेर भएन । शरिफ सम्बोधनका लागि ड्यारतिर जाँदा मोदीले पत्रिका पढे ।

भारत र पाकिस्तानका प्रधानमन्त्रीले सार्कको उद्घाटनमा हात नमिलाएपछि यो चर्चाको विषय बनेको थियो ।

तर, समापन समारोहको दृश्य फरक रहृयो । धुलिखेल रिटि्रटमा अनौपचारिक भेटवार्ता भएपनि सार्वजनिक रुपमै भने सम्मेलनको समारोहमा मोदी र शरिफले हात मिलाए ।

त्यसअघि १९ औं सार्क सम्मेलन पाकिस्तानमा हुने घोषणापछि धन्यवाद मन्तव्य दिन शरिफ ड्यासमा जाँदा र र्फकँदा मोदीले अरु राष्ट्र तथा सरकार प्रमुखहरुसँगै ताली बजाए ।

राष्ट्र तथा सरकार प्रमुखहरुको सामूहिक फोटो सेसनपछि बाहिरिने क्रममा मोदी र शरिफले हात मिलाए । भारत र पाकिस्तानका प्रधानमन्त्रीले हँसिलो मुद्रामा भलाकुसारी गर्दै हात मिलाउँदा हल तालीले गुज्नयमान भएको थियो ।

हलमा ताली बजेपछि मोदी र शरिफले पनि निकै बेरम्म पोज दिएर फोटो खिचाए । मोदी र शरिफभन्दा पछाडि रहेका नेपालका प्रधानमन्त्री सुशील कोइराला पनि निकै हँसिलो मुद्रामा देखिए ।

भुटानका प्रधानमन्त्री, श्रीलंका राष्ट्रपति लगायतले पनि मोदी शरिफले हात मिलाउँदा ताली बजाएका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु