मोडेल एलिशा भन्छिन् – सेक्स प्राकृतिक बरदान

11647158_810094272419195_1837394214_nहिमाल एफ एम – पिता गोपाल केसी र माता सिता केसीको कोखबाट उदयपुर जिल्लाको बेल्टार २ मा जन्मेकी हुन् मोडल एलिशा केसी ।

सानैदेखि कला क्षेत्र भनेपछि हुरुक्क हुने एलिशाको रहर बिस्तारै बास्तबिकतामा परिणत हुदैछ । सानोमा टिभीको पर्दामा कुनै कार्यक्रम हेर्दा आफुलाई पनि टिभीमा कुनै दिन आउछु अनि नाम कमाउछु भन्ने तर आउने कसरी होला भनेर सोच्ने गर्दैगर्दा अब भने इच्छा पूरा हुने देखेर दंग छिन उनी ।

टिभीमा कुनै गीतको कार्यक्रम आउदा अनि त्यसमा मोडेलहरुले गरेको अभिनय गहिरिएर हेर्ने अनि त्यसलाई पाठको रुपमा लिएर अगाडी बढेकी उनि भबिष्यमा सफल मोडल भएर नाम कमाउने सोचका साथ अगाडी बढिरहेकी छिन् ।

बिगत ३ बर्ष देखि कलाक्षेत्रमा औपचारिक रुपमा प्रवेश गरेकी एलिशाले हालसम्म ४ वटा भन्दा बढी गीतमा अभिनय गर्न भ्याएकी छिन् । त्यो पनि चर्चित कलाकारको स्वरमा रहेको गीतमा त्यसैले त उनी सफलतातिर अगाडी बढ्दै छिन ।
एलिशाले हालसम्म प्रमोद खरेल, अन्जु पन्त लगायतले स्वर दिएको गीतमा आफ्नो अभिनय देखाईसकेकी छिन । उनि अब एउटा मात्र सपना देखिरहेकी छिन् सफल कलाकार अनि मोडल बन्ने । तर उनलाई मिडियाको साथ नपाउदा खल्लो भएको थियो तर त्यो पनि पाउन थालेपछि उनि हाल दंग हुन थालेकी छिन ।

11653447_810094279085861_1033651231_n

एलिशा भन्छिन् – अब भने म अगाडी बढ्न सक्छु । राजधानीमा बसेर संघर्ष गरिरहेकी उनि झट्ट हेर्दा कुनै चलचित्रको नायिका भन्दा कम देखिन्नन् । उनलाई यो क्षेत्रमा प्रवेश गराउने सनम कटारीको नाम भुल्न नसक्ने बताउछिन ।
उनीसंग कुराकानीको क्रममा धेरै कुरा उजागर गरेकी छिन् । प्रेम के हो भन्ने प्रश्नमा उनि भन्छिन् – प्रेम जिबन जिउने एउटा आधार हो । अचानक प्रेम प्रस्ताब आउदा के गर्न हुन्छ भन्ने प्रश्नमा उनी प्रेम धेरै किसिमका हुने भएकाले सोच बिचार गरेर मात्र अगाडी बढ्ने बताउनछिन् ।

कुराकानीमा निकै खुलेकी उनलाई सेक्स प्राकृतिक बरदान लाग्छ । तर गलत रुपमा प्रयोग गर्न नहुनेमा उनी निकै सजक छिन् । मोडल एलिशालाई सफलताको शुभकामना ।

Comments

comments

सम्बन्धित शीर्षकहरु