मेवाखोला हाईड्रोपावर असार अन्तिममा सञ्चालन हुने

खोटाङ, असार ९ – जिल्लामा सञ्चालन गर्न लागिएको मेवाखोला हाईड्रोपावर असार अन्तिममा सञ्चालन हुने भएको छ । खोटाङ जिल्लालाई लोडसेडिङमुक्त बनाउने अभियानका साथ उत्पादनको काम थालिएको एक किलोवाट क्षमताको हाईड्रोपावर असार अन्तिमबाट सञ्चालन गर्ने तयारी गरिएको हो ।
७० प्रतिशत बैंकको लगानी तथा ३० प्रतिशत उपभोक्ताको शेयरबाट सञ्चालन गर्न लागिएको हाईड्रोपावरका लागि मेसिन जडानको मात्र काम बाँकी रहेकाले असार अन्तिममा सञ्चालन गर्ने तयारी गरिएको आयोजना प्रमुख ललितकुमार राईले जानकारी दिनुभयो । केन्द्रीय लाईनमा जोड्नेगरि उत्पादन गर्न लागिएको सानीमा बैंकको नेतृत्वमा बैंक अफ काठमाडौंले समेत लगानी गरेको छ ।
साप्सु कालिका हाईड्रोपावर कम्पनी प्रालि काठमाडौंको प्रवद्र्धनमा उत्पादन हुन लागेको हाईड्रोपावर निजी साझेदारी (पिपिपि) मोडलमा सञ्चालन हुने जनाइएको छ । हाईड्रोपावरबाट उत्पादित विद्युत बुइपास्थित केन्द्रीय लाईनको सव–स्टेशन पु¥याएर प्रवाह गरिने कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले जानकारी दिनुभयो ।
हाईड्रोपावरमा चारवटा कम्पनीले कन्ट्रयाकमा काम गरिरहेका छन् । हाईड्रो मेकानिकलका लागि महाशक्ति हाईड्रोपावर कम्पनी, ट्रान्समिशनका लागि शाह ईलेक्ट्रोनिक प्रालि, सिभिलका लागि पेसीफिक बिल्डर्स र ईलेक्ट्रोमेकानिकलका लागि चिन्सीले जिम्मा लिएका छन् ।
हाईड्रोपावर सञ्चालन भएपछि जिल्लाका विद्युत सञचालन भएका सबै गाविसमा लोडसेडिङ नहुने जनाएको छ । केन्द्रीय विद्युत प्रयोग हुँदै आएको जिल्लामा अहिलेसम्म ३८ गाविसका उपभोक्ताले विद्युत उपभोग गर्दै आएका छन् ।
गत असोजबाटै सञ्चलानमा ल्याउनेगरि काम थालिएको हाईड्रोपावर गत साल असार १९ गतेको भिषण वर्षापछि आएको बाढीले हाईड्रोपावरको सर्वे मेसिन, मकि जेम्पर, वाल्डीङ सामान, गिटि, बालुवा, सिमेन्ट, फलामको रड, लगायतका समान बगाएर ४० लाख भन्दा माथिको क्षति गरेको गरेको थियो । त्यसपछि गत सालकै चैत्र अन्तिमबाट सञ्चालनमा ल्याउने तयारी गरिएको भएपनि भारतीय नाकाबन्दीका कारण सामान ढुवानी गर्न नसक्दा काम प्रभावित कम्पनीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु