मेला महोत्सवमा ठेकेदार प्रवृत्ति मौलाउदै – कुशल बेलवासे

सोलुखुम्बु । अर्घाखाँचीमा २०४८ सालमा जन्मेका बेलवासेको पहिलो गीत हो, ‘रातो घलेकीमा’ । स्टेज दोहोरी तथा दोहोरी साँझमा धेरै रोजाईमा पर्ने भाका पनि हो । बेलसासेको पहिलो सृजना नै दोहोरीको प्रिय भाका बन्दा निकै खुसि लागेको बताउछन् । रेकर्ड गीतमा बेलवासेलाई जमूना सनमले स्वरमा दिएकी छिन् ।

२०५९ साल देखि प्रतियोगीतात्मक कार्यक्रमवाट संगीतयात्रा शुरु गरेका उनले गीत सफल भएपनि स्टेज कार्यक्रममा अग्रभागमा आउन नसकेको स्विकार्दै भन्छन्, ‘अझै पनि हार खाएको छैन्, एकदिन सपना पुरा गर्नेछु । ’

rato

त्यसपछि आँटो बसौडीमा, परदेशी छोरा, ओए सुन्तली लगायतका दोहोरी गीत बजारमा ल्याएका बेलवासेले आधा दर्जन गीत बजारमा सार्वजनिकको क्रमममै रहेको बताए । उनका अनुसार निकट भविष्यमै ‘माली गाईले बाच्छी चाटेको’ सार्वजनिक गर्ने तयारीमा रहेको प्रतिक्रिया दिए भने पाल्पाली मायाले आज, यो राज्यको कानुन, सिँउडी पलायो र कठै जिन्दगी लगायतका आशा गरिएका गीत बजारमा सार्वजनिक हुदै जाने उनको भनाई छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति अन्तरगत ठमेल समितिका अध्यक्ष समेत रहेका कुशल बेलवासे जमानासंगै लोकगीतको मर्म र परिभाष पनि बदलिएको र सरोकारवालाहरुले व्यवस्थापन गर्न नसक्दा बजार निराशाजनक रहेको बताउछन् ।
गीत विक्रि र आम्दानीको अवस्था राम्रो नभएपनि आफ्नो क्षमता देखाएर स्टेजमा विक्न सकिने पक्ष भने राम्रो भएको बेलवासेले बताए । उनले भने, ‘ठेकेदार र खुट्टा तान्ने प्रवृत्तिले गर्दा असजिलो महसुस पनि हुने गरेको छ ।’

निरन्तरता र लगनशीलतावाट सफलता मिल्ने मान्यता सहित अघि बढिरहेका बेलवासेले पछिल्लो क्रममा जिल्लागत कलाकर्मीको एकताको लागी भन्दै संगठित हुने क्रम बाक्लिनुलाई सकारात्मक रुपमा लिएका छन् । कलाकर्मीको एकताले विभेदलाई हटाउदै समान अबसर र सहभागीताका लागी बाटो खोल्ने उनको बुझाई छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!