मेरापिक मध्यवर्ती उपभोक्ता समूहको अध्यक्षमा शेर्पा विजयी

हिमाल एफ एम,
सोलुखुम्बु, असोज २४

खुम्बुपासाङल्हमु गाउँपालिका २ लुक्ला स्थित मेरापिक मध्यवर्ती उपभोक्ता समूहको अध्यक्षमा नाम्गेल शेर्पा विजयी हुनुभएको छ ।

मंगलबार भएको निर्वाचनमा प्रतिद्धन्दी सन्तोष तामाङलाई ३२ मत अन्तरले पछि पार्दै शेर्पा अध्यक्ष बन्नुभएको हो । शेर्पाको पक्षमा ९० मत खस्दा तामाङको पक्षमा ५८ मत खसेको थियो ।

उपाध्यक्षमा सोनामफुटी शेर्पा र सचिबमा किरण राई विजयी हुनुभएको छ । शेर्पा प्यानलका फुलमाया तामाङ र लाखवीर तामाङलाई पछि पार्दै शेर्पा र राई उपाध्यक्ष र सचिबमा विजयी हुनुभएको हो । निर्वाचनमा १५८ मत खसेको थियो ।

निर्वाचित भएपछि हिमाल एफ एमसंग कुरा गर्दै अध्यक्ष नाम्गेल शेर्पाले आफू विजयी भएपछि नेतृत्वको सिण्डीकेट तोडिएको दाबी गर्दै उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु