मृत्युदण्डबाट जोगिए मलेसियामा नेपाली

काठमाडौं , फागुन १६। आफनै कम्पनीमा कार्यरत साथीको हत्या अभियोग लागेका एक नेपाली मृत्युदण्डको सजायँबाट जोगिएका छन् । कम्पनीका सुपरभाइजरको हत्या गरेको अभियोगमा उनलाई मृत्युदण्डको सजायँ दिन माग गर्दै अदालतमा मुद्दा चलिरहेको थियो । मलेसियाको उच्च उदालतले उनलाई मृत्युदण्डको सट्टा १० वर्षको जेल सजायँ सुनाएको छ । जोहोरको तामान सन्तोषामा रहेको एक बेकरी कम्पनीमा कार्यरत धनुषा बेंगादवार-४ घर भएका सुरवीर गोलेलाई अदालतले उक्त सजाय सुनाएको हो ।
६ सेप्टेम्बर २०१२ का दिन कम्पनीको सुपरभाइजर तान एई पिङको हत्या अभियोगमा उनी दुई वर्षअघि पक्राउ परेका थिए । मलेसियावाट प्रकाशित द सन पत्रिकाले जनाएअनुसार गोलेले छुरा प्रहार गरेकाले मृत्युमा उनी पनि दोषी देखिएको फैसलामा उल्लेख गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु