मृगौला पिडित जलजलालाई सोलुखुम्बुबाट ५३ हजार सहयोग

हिमाल एफ एम,
सोलुखुम्बु, २८ माघ

मृगौला पिडित जलजला परियारलाई सोलुखुम्बुवाट ५३ हजार सहयोग प्रदान गरिएको छ ।

दलित समुदायबाट पहिलो सगरमाथा आरोही विजय घिमिरे विश्वकर्मा संस्था नेपाल जिल्ला शाखा सोलुखुम्बु र लौरेश्वर दलित युवा समाज तिंङलाको संयुक्त पहलमा संकलित ५३ हजार २ सय ५० रुपैया गत शुक्रबार हस्तान्तरण गरिएको हो ।

नेपाली तारा सिजन–३ को उत्कृष्ट ६ मा पुग्न सफल अर्घाखाँची स्थाई घर भएकी वर्ष २१ की जलजला परियारका बाबुआमालाई उपचार सहयोगार्थ सोलुखुम्बुबाट संकलित रकम सगरमाथा आरोही विजयी घिमिरेले हस्तान्तरण गरिएको लौरेश्वर दलीत युवा समाजका सल्लाहकार संयोजक अर्जुन नेपालीले जानकारी दिनुभयो ।

दुवै मृगौला फेल भई उपचाररत रहेकी परियारलाई सहयोग स्वरुप सोलुखुम्बुमा सहयोग संकलनमा निर कुमार नेपाली, खगेन्द्र सार्की, लाल बहादुर नेपाली, सुरेन्द्र नेपाली, सुरेश सोनाम लगाएतको सक्रियतामा विभिन्न संघसंस्था र व्यक्तिबाट संकलन रकम संकलन गरीएको थियो । गायिका परियार उपचारको लागी करिब एक महिना देखि टिचिङ अस्पतालमा छिन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु