मूल्यवृद्धिको विरोधमा विद्यार्थीको बन्द, अखिल क्रान्तिकारीका अध्यक्ष पक्राउ

हिमाल एफ एम चैत्र ५- पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनले आज उपत्यका बन्दको आह्वान गरेका छन् । बन्दका कारण राजधानीमा सामान्य रुपमा मात्र सवारीका साधन सञ्चालन भइरहेका छन् ।

बन्द गराउँदै हिँड्नेक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मालगायतका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका नेताहरुलाई कलमपोखरी प्रहरी वृत्तमा राखिएको छ ।

यसैगरी बन्द आह्वान गर्दै हिँडेका अखिल क्रान्तिकारीका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वरमा बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुशील खनाल, धीरज खनाल, रत्न बूढा तथा अन्य भीम आचार्य, जीतेन्द्र गौतम, निरञ्जन गैरेलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!