मुख्यमन्त्रि राई सोलुखुम्बुमा

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, फागुन २३

प्रदेश नम्बर एकका मुख्यमन्त्रि शेरधन राई सोलुखुम्बुको महाकुलुङ गाउँपालिका आईपुगेका छन् । जिल्लाकै दुर्गम मानिएको दुधकोशी पारिको स्थानीय तह महाकुलुङ गाउँपालिकामा प्राथमिक अस्पतालको उद्घाटनका लागि मुख्यमन्त्रि राई सहित प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’, प्रदेश सभा सदस्य उत्तम कुमार बस्नेत र बुद्धिकुमार राजभण्डारीको टोली महाकुलुङ पुगेको हो ।

करिब ४५ लाखको लागतमा आवश्यक मेसिन, भौतिक संरचना, औषधि खरिद सम्पन्न गरिसकिएको छ । एक चिकित्सकको व्यवस्था गरि भिडियो एक्सरे, ल्याव, वर्थिङ सहितको प्राथमिक अस्पतालले सेवा प्रवाह थालिसकेको भएपनि आज उद्घाटन गर्न लागिएको हो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!