मुक्लिमा प्रथम अध्यक्ष रनिङ शिल्ड सम्पन्न (क–कस्लाई सफलता ?) हेर्नुस्

हिमाल एफ.एम.
सोलुखुम्बु, माघ ८

थुलुङ दुधकोशी गाउँपालिकामा जारी प्रथम अध्यक्ष रनिङ शिल्ड तथा बृहत खेलकुद महोत्सब एबम् साँस्कृतिक कार्यक्रममा पुरूष भलिबलको उपाधि सोलुदुधकुन्ड नगरपालिका ८ केरुङले जित्न सफल भएको छ ।

मंगलबार भएको फाईनल खेलमा थुलुङ दुधकोशी गाउँपालिका ७ लाई पराजित गर्दै सोलुदुधकुण्डले उपाधि माथी कब्जा जमाएको हो । तेस्रो स्थानका लागि सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानी र सोताङ गाउँपालिका ३ बीच भएको खेलमा सोताङ गाउँपालिका ३ विजयी भएको छ ।

महिला भलिबलतर्फ माप्य दुधकोशी गाउँपालिका ७ ले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगीतामा सोलुदुधकुन्ड नगरपालिका १ द्धितीय र सोताङ गाउँपालिका १ तृतीय भएका छन् । पुरुष तथा महिला भलिबल तर्फ विजयी टिमलाई ७५ हजार, ५० हजार र २५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

विजेतालाई पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष असिम राई

२१ किलोमिटरको पुरुष मिनि म्याराथुन दौड तर्फ सुमन कुलुङ प्रथम भएका छन् । ५० मिनेट १८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै महाकुलुङ गाउँपालिका–५ का कुलुङ प्रथम बनेका हुन् । निर्धारित दुरी ५२ मिनेट १९ सेकेन्डमा पार गर्दै माप्य दुधकोशी गाउँपालिका ४ का लक्ष्मण खालिङ राई द्धितीय र ५३ मिनेट ७ सेकेन्डमा दुरी पार गर्दै थुलुङ दुधकोशी गाउँपालिका–७ का रोहण राई तृतीय भएका छन् । महिला मिनि म्याराथुनमा २१ किलोमिटरको दुरी १ घण्टा ८ मिनेट ३२ सेकेन्डमा पार गर्दै माप्य दुधकोशी गाउँपालिका–१ का पुर्णिमाया राई प्रथम भएकी छिन् । थुलुङ दुधकोशी गाउँपालिका–६ का सुशन कार्की १ घण्टा १० मिनेट २७ सेकेन्डमा दुरी पार गर्दै द्धितीय र १ घण्टा १५ मिनेट २७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै माप्य दुधकोशी गाउँपालिका–४ का निशा राईले तृतीय स्थान हासिल गरेको खेल संयोजक रामसघर्ष किरातीले जानकारी दिए ।

ब्याटमिन्टन प्रतियोगीताको महिला सिङगलतर्फ विशुमाया राई प्रथम, सुर्य कुमारी सुनुवार द्धितीय र पुजा मगर तथा पासाङ डोमा शेर्पा तृतीय भएका छन् । पुरुष सिङगल तर्फ विपिन खालिङ प्रथम, अर्जुन श्रेष्ठ द्धितीय र मधुरजी ढकाल तथा आशिष खनाल तृतीय भएका छन् । ब्याटमिन्टन महिला डबलमा सुर्यकुमारी सुनुवार र विशुमाया राई प्रथम, पासाङ डोमा शेर्पा र विनीता राई द्धितीय, सम्झना श्रेष्ठ र सरगम राई तथा अन्जना श्रेष्ठ र कुुसुम राई तृतीय भएका छन् । पुरुष डबलमा बिपीन खालिङ र अर्जुन श्रेष्ठ प्रथम, मधुरजी ढकाल र विनोद राउत द्धितीय र आशिस खनाल र रघुनाथ खनाल तथा हेम राज राई र गंगा बहादुर राई तृतीय भएका छन् ।

महिला लङजम्प तर्फ सम्झना श्रेष्ठ, सुस्मीता राई र सन्ध्या राईले शिर्ष स्थान हासिल गरेका छन् भने पुरुष लङजम्पमा राजेश गुरुङ, राम राई र विशाल राईले शिर्ष स्थान ओगटेका छन् । हाइजम्प महिला तर्फ सुस्मिता राई, सम्झना श्रेष्ठ र अन्जना श्रेष्ठ प्रथम, द्धितीय र तृतीय भएका छन् भने हाइजम्प पुरुष तर्फ सुमन लामा, प्रदिप वस्नेत र विजय तामाङले शिर्ष स्थान ओगट्न सफल भएका छन् । त्रिपलजम्पको महिला तर्फ सम्झना श्रेष्ठ प्रथम, अन्जना श्रेष्ठ द्धितीय र सन्ध्या राई तृतीय भएका छन् । पुरुष त्रिपलजम्प तर्फ राजेश गुरुङ प्रथम, सुमन लामा द्धितिय र मणिकर्ण श्रेष्ठ तृतीय भएका छन् ।

सटफुट महिला तर्फ सुस्मिता राई प्रथम, विनिता श्रेष्ठ द्धितीय र मेलिना राई तृतीय भएका छन् भने पुरुष तर्फ दिपक किराँती, डम्बर बहादुर तामाङ र बाल कुमार राईले शिर्ष स्थान हासिल गरेका छन् ।

विजेतालाई गाउँपालिका अध्यक्ष असिम राईले पुरस्कार वितरण गर्नुभएको छ । माघ ५ देखि ७ गतेसम्म खेलकुदको अवधि निर्धारण गरिएपनि सहभागी संख्याका कारण खेल एक दिन लम्बिएको गाउँपालिकाले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु