मुक्लिमा जारी महायज्ञको चौथो दिन ६१ लाख संकलन

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र ५

थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिमा ४ दिन देखि जारी श्रीमत भागवत ज्ञान महायज्ञको चौथो दिन मंगलबार ६१ लाख भन्दा बढि सहयोग रकम संकलन भएको छ ।

मुक्लिमा जारी महायज्ञमा कथावाचन गर्दै पण्डित दिनबन्दु पोखरेल

दुधकोशी सामुदायीक अस्पताल निर्माणको लागि जारी महायज्ञबाट ६१ लाख ३९ हजार ४२० रुपैयाँ सहयोग संकलन भएको गाउँपालिकाले जनाएको छ । महायज्ञको माध्यमबाट स्याङजाका प्रकाश पौडेलले १० लाख, रुपन्देशीका प्रमोद कुमार यादवले ५ लाख, दोलाखाका दावा शेर्पाले २ लाख, धरानका लोक लिम्बु र ईटहरीका भिम पौडेलले २ लाख ११ हजार १११ रुपैयाका दरले सहयोग गर्नुभएको हो ।

आगामी चैत्र ९ गतेसम्म चल्ने महायज्ञबाट २० करोड रकम संकलन गर्ने लक्ष्य राखिएको छ । आजसम्म ३ करोड भन्दा बढि सहयोग संकलन गरिसकेको गाउँपालिकाले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु