मिस शेर्पाको अर्को संस्करण पुसमा

हिमाल एफ एम,
सोलुखुम्बु, मंसिर ११

मिस शेर्पाको नयाँ संस्करण पुसमा हुने भएको छ । डिपास इन्टरनेसनलले आयोजना गर्न लागेको मिस शेर्पा पुस १५ गते काठमाडौंमा हुन लागेको हो ।

प्रतियोगिताको अडिसन भने डिसेम्बर पहिलो साताबाट सुरु हुने आयोजक संस्था डिपास इन्टरनेसनलकी अध्यक्ष पासाङ शेर्पा ‘छेल्हमु’ले शिखरपोष्टलाई जानकारी दिइन् । मिस शेर्पा सन् २०१० बाट हुँदै आएको छ । प्राविधिक कारणले गर्दा केही वर्ष रोकिएर सन् २०१७ बाट पुनः सुरु भएको हो ।

मिस शेर्पासँगै यस वर्षबाट मिस्टर शेर्पा पनि गर्न लागिएको छ । शेर्पा जातिको युवा युवतीले मात्र प्रतिस्पर्धा गर्नपाउने उक्त प्रतियोगितामा एसइईमाथि अध्ययन गरेका १६ वर्ष बढीका नेपाली नागरिक अनि अविवाहित युवायुवातीले भाग लिन सक्ने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिताबाट मिस र मिस्टर बन्नेले नगद र मेडललगायतका पुरस्कार पाउनेछन् । यस पटक उपाधी जित्न सफल मिस शेर्पाले क्रोएसियामा सन् २०१९ अप्रिलमा हुने गरेको मिस टुरिजम वर्ल्डमा भाग लिने अवसर पाउने बताइएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!