माहाकुलुङमा सिसाजन्य वस्तु प्रयोगमा प्रतिबन्ध लगाईने

शिखर गजरकोटे,
सोलुखुम्बु, असोज २६

सोलुखुम्बुको माहाकुलुङ गाउँपालिकामा सिसाजन्य वस्तुलाई प्रतिबन्ध लगाईने भएको छ ।

२०७४ पुस १९ गतेको गाउँसभाले गरेको सिसाजन्य वस्तुलाई प्रतिबन्ध लगाउने निर्णयलाई कार्यान्वयन गर्ने गरि गाउँपालिकाले सार्वजनिक सुचना जारी गरेको छ । आज देखि आगामी मंसिर २६ गतेसम्म गाउँपालिका भित्रिएको सिसाजन्य वस्तु हटाईसक्ने र त्यसपछि गाउँपालिका भित्र प्रतिबन्ध लगाउने तयारी गाउँपालिकाको छ ।

उद्यपी, स्वास्थ्य संस्थामा प्रयोग हुने औषधिलाई भने छुट दिईने गाउँपालिका अध्यक्ष सागर किँरातीले बताउनुभयो । हिमाल एफ एमसंग कुरा गर्दै अध्यक्ष किँरातिले होटल व्यवसायीसंग छलफल गर्न नपाएपनि सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

दुई महिनाको समयसीमाभित्र जनप्रतिनिधिको माध्यमवाट नागरिकस्तरसम्म सिसाजन्य वस्तु प्रतिवन्धको सूचना प्रवाह गर्ने र विद्यालय, यूवा क्लब, महिला समूह लगायतका सामाजिक संस्थालाई गाउँपालिकाको अभियान सहयोग गर्न पत्राचार गर्ने अध्यक्ष किँरातीको भनाई छ ।

माहाकुलुङ गाउँपालिका अन्तरगतका साविकका गाविसहरु बुङ, छेस्काम र गुदेललाई यसअघि नै खुल्ला प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिसकिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु