माप्य दुधकोशी गाउँपालिका : विद्यालयका लेखापाल, ईसिडिका शिक्षक र कार्यालय सहयोगिलाई प्रोत्साहन भत्ता

सोलुखुम्बु, असार १५


सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७–७८ देखि विद्यालयका लेखापाल, ईसिडिका शिक्षक र कार्यालय सहयोगिलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।

जारी निति तथा कार्यक्रममा गाउँपालिका भित्रका विद्यालयमा कार्यरत ६ लेखापाललाई २ हजारका दरले, ३९ जना ईसिडिका शिक्षकलाई १५ सयका दरले र ३९ जना कार्यलय सहयोगिलाई १ हजारका दरले मासिक रुपमा प्रोत्साहन भत्ता उपलब्ध गराउने शिक्षा शाखा प्रमुख गजेन्द्र भट्टराईले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!