माप्य–खुम्बु मितेरी पुलको शिलान्यास, कस्ले के भने ?

सोलुखुम्बु, मंसिर १४

सोलुखुम्बुको माप्यदुधकोसी गाउँपालिका र खुम्बु पासाङल्हमु गाउँपालिकालाई सडक सञ्जालले जोड्ने लक्ष्यका साथ निर्माण गरिने माप्य–खुम्बु मितेरी ट्रष्ट ब्रिजको शिलान्यास गरिएको छ ।

जिल्लाको तल्लो भेग सोलु र माथिल्लो भेग खुम्बुलाई जोड्ने गरि गौरबको आयोजनाको रुपमा अघि बढाईएको मितेरी पुलको शुक्रबार प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’, प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, खुम्बु पासाङल्हमू गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पा लगायतले हिन्दु र बौद्ध परम्परा अनुसार पुजा गरि शिलान्यास गरिएको हो ।

ओर्लाङघाट स्थित दुधकोशी नदीमा बन्ने पुल निर्माणको जिम्मा जलप नेपालले पाएको छ । आगामी चैत्र मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पुल ८ करोड ३४ लाख ८० हजारको लागतमा बन्ने छ । माप्य र खुम्बुको ३–३ करोड, प्रदेश सरकारको दुई करोड र संघ सरकारको एक करोडमा बन्ने पुलको निर्माण कम्पनीले सम्झौता गरि निर्माणको कामलाई अघि बढाईसकेको छ ।

शिलान्यासपछि पत्रकारहरुसंग बोल्दै प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले सगरमाथाको फेदीमा मोटरगाडी पु¥याउने लक्ष्यलाई साकार पार्न मितेरी पुलले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘सडक संचालनपछि सगरमाथा हेर्न जो कोही पनि खुम्बु जान सक्नेछन् । यहि अवधारणा अनुसार मितेरी पुल निर्माण थालिएको छ ।’ पुल संचालन पछि खुम्बुमा पर्यटकको संख्या ह्रवात्तै बढ्ने राईको विश्वास छ ।

प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले पुल बन्नासाथ खुम्बु भ्रमण गर्ने पर्यटकको संख्यामा १० प्रतिशत बृद्धि आउने अपेक्षा राखे । उनले भने, ‘पुल बनेपछि सडक सञ्जालले पनि खुम्बु सिधा हुनेछ । त्यसले गर्दा हिमाली भेगको जीवनशैली पनि सामान्य बन्दै जानेछ । अहिले बर्षेनी ५० औ हजारको संख्यामा बाह्रय पर्यटक जहाजको माध्यमबाट खुम्बु जाने गरेका छन्, अब आन्तरिक पर्यटक पनि सजिलै खुम्बु पुग्न सक्नेछन् ।’

खुम्बु पासाङल्हमू गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले पुल बन्नासाथ यातायात संचालनको अवरोध हट्ने भएकाले खुम्बु क्षेत्रको महंगी हट्ने बताए । उनले भने, ‘अहिले जहाज र हेलिकप्टरबाट खाद्यान्न तथा निर्माण सामाग्री ढुवानी गर्दा महंगीले समस्या बनाएको छ । पुल बनेपछि यातायातबाट सामाग्री ढुवानी हुनेछ । मलाई विश्वास छ, महंगी निकै घट्नेछ । अर्को कुरा खुम्बु प्रवेश र फिर्ताको लागि तेन्जिङ हिलारी विानस्थल मात्र भएकाले मौसम प्रतिकुलताले पर्यटकलाई अलपत्र पर्नुपर्ने दुखद अवस्थालाई पनि सडक संचालनले दुर बनाउनेमा म विश्वस्त छु ।’ आगामी बैशाखामा उदुघाटन गर्ने गरि पुल निर्माण हुने भएकाले नेपाल पर्यटन बर्ष २०२० लाई पनि सहयोग पु¥याउने शेर्पाको भनाई छ ।

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले पर्यटकीय गाउँपालिका पुग्ने एक मात्र सडक मार्गलाई सिद्ध बनाउन पुल निर्माणको काम थालेकाले समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । उनले भने, ‘पुल बनिसकेपछि माप्य दुधकोशी गाउँपालिकाका काँकु, बासा, जुभिङ लगायतका ग्रामिण जीवनशैलीमा समेत परिर्वतन ल्याउनेछ । स्थानीय संभावना अनुसारको कृषि उपज उत्पादनमा कृषकहरु लागि पर्नेछन् र उत्पादिन वस्तु खुम्बु क्षेत्रमा लगेर बिक्रि गर्न सहज हुनेछ ।’

शिलान्यास कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष मानवीर राई, सचिब गोम्बु शेर्पा लगायतले पुल निर्धारित समयमै सम्पन्न गर्नका लागि आफ्नो पार्टीले निगरानी गर्ने बताएका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु