माप्य-खुम्बु मितेरी पुलको काम ९५ प्रतिशत सम्पन्न

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, जेठ २

तल्लो सोलु र खूम्बुलाई जोड्ने गरि दुधकोशी नदी स्थित ओर्लाङघाटमा निर्माणाधिन मितेरी ट्रस्ट ब्रिजको काम अन्तिम चरणमा पुगेको छ ।


माप्यदुधकोशी गाउँपालिकाको ओर्लाङघाट स्थित दुधकोशी नदिमा निर्माणाधीन माप्य–खुम्बु मितेरी ट्रष्ट ब्रिजको काम ९५ प्रतिशत सम्पन्न भएको हो ।


माप्यदुधकोसी र खुम्बपासाङल्हामु गाउँपालिकाको तीन÷तीन करोड, प्रदेश सरकारको दुई करोड र संघीय सरकारको एक करोडको लगानीमा निर्माणाधिन उक्तब्रिजको स्टिल राख्ने काम सकिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश राईले जानकारी दिए ।


रड, सिमेन्ट लगायतका सामाग्री लकडाउनका कारण ढुवानीमा समस्या भएकाले ढलानको काम रोकिएको उनको भनाई छ ।

कोरोना संक्रमीतको केन्द्रबिन्दु बनेको उदयपुरबाट सामाग्री ढुवानीका लागि समस्या भएको हो । उक्तब्रिज जेठ १५ गते उद्घाटन गर्ने तयारी गरिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!