माप्यमा मौरीपालन तालिम

हिमाल एफ.एम.
सोलुखुम्बु, फागुन १४

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनितामाया मगरले व्यवसायीक मौरीपालन गर्ने कृषकलाई अनुदानको व्यवस्था गर्ने बताईन् ।

सोमबार २० दिने मौरीपालन तथा घार निर्माण तालिमको उद्घाटन गर्दै उपाध्यक्ष मगरले स्थानीय संभावना रहेको मौरीपालनको सीप दिएर स्वरोजगार बनाउने द्येयका साथ तालिमको आयोजना गरिएको बताईन् ।

घरेलु तथा साना उद्योग विकास समिति र गाउँपालिकाको सहकार्यमा शुरु भएको तालिममा ७ वडाका ३÷३ जना कृषक सहभागी बनेका छन् । मौरीको घार समेत बनाउन सिकाईने तालिमको सहजीकरण जीवन बरालले गरिरहेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु