माप्यका १४० जना लार्ई कम्प्युटर निशुल्क तालिम प्रदान गरिने

सोनी राई,
सोलुखुम्बु, मंसिर ५
वाकु भिजन नेपाल सोलुखुम्बुले माप्य दुधकोसी गाँउपालिका भित्रका १४० जनालाई निशुल्क कम्प्युटर तालिम दिने भएको छ । गत सोमबार गाँउपालिकामा समिक्षा कार्यक्रमको आयोजना गरी उक्त संस्थाले गाँउपालिकाका ७ वटै वडाबाट २०÷२० जनाको सहभागीता रहने गरी निशुल्क कक्षा संचालन गर्ने निर्णय गरेको हो । जसमा हरेक वडाबाट १÷१ जना शिक्षक समेत सहभागी हुने जनाईएको छ ।

पौष देखी कम्प्युटर कक्षा संचालन गर्ने गरी सातै वडाका जनप्रतिनिधिहरु विच सहमति भएको हो । साढे ७ महिनासम्म संचालन गरिने तालिममा बेसिक, ग्राफिक र हार्डवेयर सम्बन्धी कोर्ष सिकाईने वाकु भिजन नेपालका अध्यक्ष गौरब राईले बताउनुभयो । अध्यक्ष राईका अनुसार बेसिक कोर्षमा १४० जनालाई नै सहभागी गराईने छ भने १४० जनाबाट छनौट गरी ग्राफिक कोर्षमा २० जना र २० जना मध्येबाट पनि छनौटको आधारमा हरेक वडाबाट २÷२ जना पर्ने गरी जम्मा १४ जनालाई मात्र हार्डवेयर कोर्षमा सहभागी गराईने छ ।

सबै क्षेत्रबाट विकास हुन आवश्यक रहेको बताउदै दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यका साथ निशुल्क कम्प्युटर तालिमको आयोजना गरिएको अध्यक्ष राईले बताउनुभयो । तालिममा बेसिक कोर्षका लागि ७ वटै वडामा ७ वटा सेन्टर राखिने जनाईएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु