माथिलो सगरमाथा क्षेत्रको ९ मध्ये ६ वटा विमानस्थल प्रयोग विहिन

भुपेन्द्र पौडेल
असोज ५ सोलुखुम्वु
माथिलो सगरमाथाको तिन जिल्ला सोलुखुम्वु ,खोटाङ र ओखलढुङगमा रहेका ९ वटा विमानस्थलम मध्य अधिकांश विमानस्थल वन्द रहेको छ । सोलुखुम्वु वाहेक खोटाङ र ओखलढुङगाको दुवै जिल्लाको विमानस्थल अहिले प्रयोग विहिन छ ।सोलुको चार मध्ये एक ,खोटाङको तिन र ओखलढुङगाको दुई वटा विमानस्थल प्रयोगमा आउन नसकेको हो । सोलुखुम्वुको कागेल विमानस्थल ३ वर्ष देखि वन्द छ भने , खोटाङको लामिडाडा विमानस्थल ,मनमाया राई खानिडाडा विमानस्थल र थामखर्क विमानस्थल पनि संचालनमा आउन सकेको छैन । त्यस्तै ओखलढुङगाको रुम्जाटार विमानस्थल २ वर्ष देखि वन्द हुदा खिजि चण्डेश्वरी विमानस्थल निर्माणाधिन अवस्थामा छ ।रावावेशि गाउपालिकामा रहेको लामिडाडा र खोटेहाङ गाउपालिकाको वड्का दियालेमा रहेको थामखर्क विमानस्थलको मर्मत कार्य जारी रहेकाले उडान हुन नसकेको हो । दुई विमानस्थलले तोकिएको निर्धारित समय गुजारिसक्दापनि उडान भर्न सकेका छैन । थामखर्क विमानस्थलका इन्जिनियर रत्न श्रेष्ठले विमानस्थलको काम अन्तिम चरणमा पुगेको भन्दै छिट्टै उडान हुने वताउनुभयो । त्यस्तै दिक्तेल रुपाकोट मझुवा नगरपालिका वडा नं ४ खाल्लेमा रहेको मनमाया राई खानिडाडा विमानस्थल पनि अहिले प्रयोग विहिन छ । धावन मार्गको तल्लो भाग भासिए पछि उडान वन्द भएको विमानस्थल अहिले सम्म संचालनमा आउन सकेको छैन । उता ओखलढुङगाको रुम्जाटार विमानस्थलका सिनियर एयर ट्राफिक कन्ट्रोलर दुर्गामणि चौधरीका अनुशार तालिका अनुशार २ वर्ष देखि उडान हुन सकेको छैन । एयरलाईन्स हरुले यात्रुको अभाव देखाएर उडान रोकेका छन । यस अघि नेपाल एयरलाइन्स ,तारा एयरले उडान भर्दै आएको थियो । ९ वटा विमानस्थल रहेको तिन जिल्लामा अहिले सोलुखुम्वुको तिन वटा विमानस्थलमा मात्र स्वचालित अवस्थामा छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु