माछापुच्छ्र्रे बैंकको शाखा सल्लेरीमा खुल्दै

सोलुखुम्बु, चैत्र २१

माछापुच्छ्रे बैंकले हिमाली जिल्ला सोलुखुम्बुमा पनि आफ्नो शाखा विस्तार गर्ने भएको छ । बैंकले सदरमुकाम सल्लेरीमा २ महिना भित्र बैंकिङ सेवा शुरु गर्ने गरि तयारी थालेको हो ।

मूलुकभर एक सय शाखा रहेको माछापुच्छ्रेले एटिएम सहितको सेवा दिने तयारी गरेको छ । शाखा स्थापनाका लागि सदरमुकामको केन्द्र भागमा निर्माणाधिन हिमाल एफ.एम.को नयाँ भवनबाट सेवा दिने गरि सम्झौताभ एको छ । बैंकको केन्द्रिय कार्यालयमा विहीबार नायक प्रमुख अधिकृत सन्तोष कोईराला र एफ.एम.का अध्यक्ष निमा शेर्पा बिच भवनको भुँईतल्ला भाडामा लिने दिने सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।

जर्मनी प्रविधिको प्रयोग गरि निर्माण भईरहेको ४ तले भुकम्प प्रतिरोधी भवनको भुईतल्लामा माछापुच्छ्रे बैंकले प्रयोग गर्ने भएको हो । असार १ सम्म सेवा सुचारु गर्ने गरि काम अगाडी बढाईने बैंकका नयाँ परियोजना प्रमुख माधव थापाले बताए ।

सम्झौतापछि हिमाल एफ.एम.का अध्यक्ष निमा शेर्पाले यो सम्झौताले दुवै कम्पनीको व्यवशायीक प्रबर्धन हुने बताए । सो क्रममा एफ.एमका सचिब कर्मा शेर्पा र कोषाध्यक्ष रोशनबाबु थुलुङको समेत उपस्थित रहेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु