माछापुच्छ्रे बैँकको शाखारहित बैकिङ सेवाले सल्यानीमा थपियो खुसी

सोलुखुम्बु – सल्यानका सर्वसाधारणलाई बैकिङ कारोबारका लागि की नेचा जाउ, की त सल्लेरी आउको स्थिती थियो तर माछापुच्छ्रे बैँकले शाखारहित बैकिङ सेवा शुरु गरेपछि घरआँगनमै बचत तथा ऋण र रेमिट्यान्सका सम्पुर्ण काम गर्ने वातावरण तयार भएको छ । जस्ले सल्यानीमा खुसी दिएको छ ।

सल्लेरीमा शाखा स्थापना गरेको ४ महिना नवित्दै माछापुच्छ्रे बैँकले मंगलबार जिल्लामै पहिलो शाखारहित बैकिङ सेवाको रुपमा नेचासल्यान गाउँपालिका २ सल्यान स्थित दोदीमा ग्राहक सेवा केन्द्र स्थापना गरेको छ । घरआँगनबाटै बैकिङ काम गर्न पाउने भएपछि सरोकारवालाहरुले खुसी व्यक्त गरेका छन् । वडा नं १ र २ का वडाअध्यक्षद्धय रमेश कुमार राई र भेष कुमार बास्तोला, गाउँकार्यपालिका सदस्य जस बहादुर राई र सञ्चार उद्यमी तथा पत्रकार भानुभक्त निरौलाले माछापुच्छ्रे बैँकको ग्राहक सेवा केन्द्रले बैकिङ कारोबारको लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटाएको बताए ।

ग्राहक सेवा केन्द्रको उद्घाटन नेचासल्यान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले गरे । संचालकलाई कारोबारका लागि प्रयोग गरिने बिएलबि डिभाईस हस्तान्तरण गर्नुभएका बास्तोलाले आँफैले पहिलो खाता समेत संचालनमा ल्याए । माछापुच्छ्रे बैँकको सेवा विस्तारले सल्यानीको जीवनशैलीमा परिर्वतन आउने विश्वास व्यक्त गरे ।

बैँकका सल्लेरी शाखा प्रबन्धक टेक बहादुर बस्नेतले सजिलो र भरपर्दो माध्यमबाट वित्तीय कारोबारको लागि शाखा रहित बैकिङ सेवाले सहज बनाउने बताए । जिल्लामा आधादर्जन बढि बैँकहरु खुलेपनि सर्वसाधारणको पहूँच नपुगेको अवस्थामा ग्राहक सेवा केन्द्रले सल्यानीलाई सहयोग पुग्ने प्रबन्धक बस्नेतको भनाई थियो ।

शाखारहित बैकिङ सेवाले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउनेछ भने ऋण परिचालनको माध्यमबाट लघु उद्यमका लागि सहयोग पु¥याउने विश्वास लिन सकिन्छ । जस्ले सल्यानीको जीवनशैलीमा सुधार ल्याउनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु