माघ ८ मै संविधान जारी गर्नुपर्ने कांग्रेसको ठहर

हिमाल एफ.एम पौष १६ । नेपाली कांग्रेसले नियमावली संशोधन गरेर भए पनि माघ ८ मा नयाँ संविधान जारी गर्ने निष्कर्ष निकालेको छ ।

बुधबार बसेको पदाधिकारी बैठकले प्रक्रियामार्फत् संविधान जारी गर्नुपर्ने निर्णय गरेको हो । त्यसको लागि नियमावली संशोधन गर्नुपर्ने कांग्रेसको ठहर छ ।

संविधानसभा अध्यक्षको भुमिका निर्णायक

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नियमावली संशोधन प्रक्रिया अघि बढाउन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

पदाधिकारी बैठकको निर्णय अनुसार बुधबारको कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस नेताहरुले नेम्वाङलाई त्यसकालागि प्रभावकारी भूमिका खेल्न आग्रह गर्ने छन् ।

कांग्रेसले संविधान निर्माण प्रक्रियामा दलहरुसँगको छलफल र सम्वादलाई जारी राख्ने निर्णय पनि गरेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु