माउण्टेन लिडर तालिम

सोलुखुम्बु, फागुन २४
सोलुखुम्बु जिल्लाको पर्यटकिय स्थल पिकेको प्रचार प्रसारका लागि आयोजना गरिएको माउण्टेन लिडर तालिम सम्पन्न गरिएको छ । पिके क्षेत्रको पर्यटन पर्वद्र्धन गरि देशलाई आर्थिक समृद्धिमा अब्बल बनाउने उदेश्यले आयोजना गरिएको तालिमको शुत्रबार समापन गरिएको हो ।

सोलुखुम्बुको जन्तरधापबाट सुरु भएको तालिम जिल्लाको पिके हुदै सल्लेरीमा आएर समापन गरिएको हो । दुई हप्ते तालिममा पुरुष तथा महिला गरि ११ जनाको सहभागिता रहेको थियो ।

नेपाल पर्यटकिय स्थलको प्रचार प्रसार अभावका कारण आर्थिक स्थितीमा कमजोर बन्नु परेको नेपाल पर्वतारोहण संघका माउन्टेन लिडर तालिम संयोजक लक्ष्मण तामाङ बताउनुहन्छ ।


कतिपय युवाहरु आर्थिक स्थिती मजबुत बनाउने उदेश्यले पर्यटकलाई गाईडिङ गदै गर्दा नै उनिहरु माउण्टेन लिडर बन्ने तरखर गर्छन । उनिहरुलाई प्राकिृतिक विपद् र आईपर्ने जुनसुकै समस्या समाधानका लागि आवश्यक ज्ञान हुदैन जसका कारण उनिहरुको ज्यानै जोखिममा पर्ने गरेको छ । माउण्टेन लिडर बन्नका लागि शारिरिक रुपमा व्यक्ति, शारिरिक र मानषिक रुपमा तन्दुरुस्त हुनुपर्छ भने टे«किङ गाईड तालिम सकाएर विभिन्न सो सँग सम्बन्धित अनेकन तालिमका चरणहरु पार गर्नुपर्ने हुन्छ । दक्ष लिडर बनाउने उदेश्यले तालिमको आयोजना गरिएको नेपाल माउन्टेन लिडरको एसोसियसनका अध्यक्ष केशर श्रेष्ठको भनाई छ ।

माउण्टेन लिडर बन्नका लागि धेरै चुनौति रहेको श्रेष्ठको भनाई छ । तालिममा सहभागिता जनाउनेहरु माउण्टेन लिडर बन्नलाई अझ आत्मविश्वास बढेको बताउछन् ।

नेपालमा सरकारी तवरबाट हाल सम्म माउण्टेन लिडर बनाउनका लागि कुनै पनि ठोस कदम चालिएको छैन । जसरकारण वर्षेने मानविय क्षति र भौतिक क्षति हुने गरेको छ । नेपाललाई आर्थिह हिसाबले मजबुत बनाउनका लागि पर्यटकिय स्थलको सरसफाई र भौतिक संरचना निर्माणमा जोड दिन आवश्यक रहेको छ ।


कस्तो छ पिके
आठ हजार मिटरभन्दा अग्ला कन्चनजंघा, मकालु, लोत्से, सगरमाथा, धौलागिर लगायतका हिमालहरु आँखै अगाडि देख्न पाउँदा कसको मन नरमाउला ? प्राकृतिक सौन्दर्यका पारखीहरुका लागि त यो एउटा दिव्य अनुभव नै हुन्छ । हामी कुरा गर्दैछौं, सोलुखुम्बु जिल्लास्थित पिके डाँडाको । सदरमुकाम सल्लेरीदेखि तीन घण्टा पदयात्रामा पुग्न सकिन्छ पिके डाँडा ।

पिके डाँडाबाट आँखै अगाडि सगरमाथा नियाल्न सकिन्छ । साथै पूर्वको कन्चनजघा हिमालदेखि पश्चिमको धौलागीरीसम्म दृश्यावलोकन गर्न सकिन्छ । काठमाडौंदेखि लुक्लाका लागि उडेको हवाईजहाज पिके डाँडाभन्दा तल भएर जाँदाको दृश्य उत्तिकै मनमोहक हुन्छ । सहजै पुग्न सकिने भएर पनि पिके डाँडाको उचित प्रचारप्रसार तथा प्रवद्र्धन हुन सकेको छैन । प्रचार गर्न सके यो आन्तरीक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तव्यस्थल बन्न सक्छ ।

यसले पर्यटकलाई अलमलमा पर्न सक्ने भएकाले पर्याप्त मात्रामा सूचना बोर्डहरु राख्न जरुरी छ । पदयात्राका सौखिनहरु सँधै नयाँ गन्तव्यको खोजीमा हुन्छन् ।

यदि तपाईं पनि यस्तै खोजीमा हुनुहुन्छ भने सोलुखुम्बुको पिके डाँडा उत्कृष्ट विकल्प हुन सक्छ । यसलाई पर्यटकहरुले ‘लुकेको हिरा’ पनि भन्ने गरिन्छ

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!