मह जोडीबाट ‘चिराक’को गृह विमोचन

हिमाल एफ.एम.
सोलुखुम्बु, फागुन ५

डा. रेणुका ‘सोलु’द्धारा लिखित ‘चिराक’ उपन्यासको गृह विमोचन गरिएको छ ।

शनिबार सल्लेरीको एक होटलमा आयोजित कार्यक्रममा मह जोडीको हातबाट उपन्यासको गृह विमोचन गरिएको हो ।

सोलुखुम्बु बहुमूखि क्याम्पसको रजत जयन्तीमा सहभागी बन्न जिल्ला आएका हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको पुस्तकको गृह विमोचन तथा साहित्यीक सन्ध्या कार्यक्रमको आयोजना गरिएको थियो ।

महजोडीले साहित्यबाट पनि परिर्वतन संभव भएकाले कलम नरोक्न सुझाव दिए । मदनकृष्ण श्रेष्ठले आलोचना र टिप्पणीबाट डराएर बस्न नहुने बताए । उनले आफ्नो क्षमतालाई निरन्तर पाठकमाझ लैजान डा. रेणुकालाई हौसला दिए ।

हरिबंश आचार्यले आफूले पनि मनलाई बुझाउन ‘चिना हराएको मान्छे’ र ‘हरि बहादुर’ लेखेको बताए । साहित्य जति धेरै लेख्यो, त्यति निखारिदै जाने भएकाले लेखनलाई अनवरत अघि बढाउन सुझाव दिए ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले साहित्यको विकासका लागि जमघट आवश्यक रहेको बताए । उनले ‘चिराक’ले उज्यालोको सन्देश प्रवाह गर्न सकोस् भन्ने शुभकामना दिए ।

पुर्वसभाषद् आङदावा शेर्पाले लेखिकाले चलाएको कलमले महिलाको शसक्तिकरण र अधिकार प्राप्तीको क्षेत्रमा योगदान पुगेको बताईन् । सामाजिक यर्थाथलाई पुस्तकमा समाबेश गरि पाठक समक्ष चेतना प्रवाहमा निरन्तर लाग्न शेर्पाले सुझाव दिईन् ।

उपन्यासकी लेखिका डा. रेणुकाले लेखनलाई अझ परिस्कृत गर्दै लैजाने बताईन् । उनले मह जोडीको हातबाट उपन्यासको गृह विमोचन गर्न पाएकोमा खुसि समेत व्यक्त गरिन् । उपन्यासमा सुदुरपश्चिमको पर्यावरणलाई न्यायोचित ढंगले प्रस्तुत गरिएको छ । शिक्षित परिवारमा हुने महिला हिंसाको एक प्रतिनिधिमूलुक घटना उपन्यासमा समाबेश गरिएको लेखिकाले बताईन् ।

कार्यक्रममा उपन्यास ‘चिराक’ माथी साहित्यकार हेरम्बराज बास्तोलाले पुस्तक माथी पाठकीय अवधारणा राखेका थिए । उनले डा. रेणुकाको लेखनमा सुधार आएको बताए । केहि बर्ष अघिको ‘भिरमह’ भन्दा ‘चिराक’ उपन्यासमा भाषाशैली र विषयमा परिस्कार भेटेको बास्तोलाको समिक्षागत टिप्पणी थियो ।

कार्यक्रममा नेपाली कांग्रेस सोलुका निर्वतमान सभापति आङगेलु शेर्पा, सोलुखुम्बु बहुमूखि क्याम्पसका अध्यक्ष आङरिता शेर्पा, हिमाली सञ्चार लिमिटेडका अध्यक्ष निमा शेर्पा लगायतको उपस्थिती रहेको थियो ।

विमोचनका साथै साहित्यीक सन्ध्या कार्यक्रम समेत संचालन गरिएको छ । सगरमाथा प्रतिभा प्रतिष्ठान र दियालो साहित्य सरगमको आयोजनामा भएको कार्यक्रममा दियालोकी अध्यक्ष शान्ति शर्मा, साहित्यकारद्धय होमा खतिवडा र मोहोन कुमारी कार्की लगायतका नवोधित सर्जकहरुले गीत, गजल, मुक्तक र कविता बाचन गरेका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु