महेश्वरीका स्थानीय भन्छन्, ‘श्रमदानको नाममा संकलित रकम फिर्ता गरियो’, कम्पनी भन्छ, ‘कामदारको ज्याला दिएका हौ ।’

सोलुखुम्बु, जेठ ६


खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ग्रामिण विद्यूतीकरणको नाममा स्थानियबाट असुलेको करिब १२ लाख रकम फिर्ता गराइएको दाबी गरिएको छ ।


ग्रामिण विद्युतिकरणका लागी टेन्डर मार्फत अघि बढाईएको काम स्थानियबाट जनश्रमदान बापत रकम सकंलन गरि काम सम्पन्न गराएको ११ लाख १२ हजार दुई सय रुपैयाँ फिर्ता गरेको स्थानिय खगेन्द्र बनले बताए ।


ऐसेलुखर्क गाउँपालिकाको ५ महेश्वरी–रिब्दुङ– बनगाउँ ग्रामिण विद्युतीकरणका लागि नेपाल विद्युत प्राधिकरणबाट १३ लाख रुपैयाँको टेन्डर आब्हान भईसकेको काम सोही ठाउँका स्थानियहरुको जनश्रमदानबाट गराएकाले सो रकम ठेकेदारबाट फिर्ता गराउन सफल भएको स्थानीयको दाबी छ ।

फायल तस्बिर

बनगाउँका ८९ घर स्थानियहरुबाट विद्यूतीकरणका लागि प्रति घर ३ हजार ५ सय रुपैयाका दरले रकम सकंलन गरी काम सम्पन्न गरिएको उनीहरुले बताएका छन् । कम्पनीबाट ल्याएको रकम उपभोक्तालाई वितरण गरिएको स्थानयि बनको भनाई छ ।


तर टेण्डर पाएको कम्पनीले कामदारको ज्याला दिएको प्रतिक्रिया दिएको छ । आफूहरुले उपभोक्ताबाट रकम संकलन गर्न नभनेको र काम फत्ते भएपछि माग भएको कामदारको ज्याल दिएको बताए ।


उनले भने, ‘तार तन्काउने, खाल्डो खन्ने, पोल गाड्ने, टान्र्सफर्मर जडान गर्ने लगायतका काममा खपत भएका कामदारको ज्याल दिएका हौ । उपभोक्ताबाट न हामीले उठाएका हौ, न उठाउन लगाएका हौ ।’ श्रमदानको नाममा रकम संकलनको विषयमा कम्पनी संचालकले अनविज्ञता प्रकट गरे ।


विद्युत विस्तारको कामको टेन्डर सरस्वती निर्माण सेवा दिक्तेल र ईन्द्रलक्ष्मी कन्ट्रक्सन दिक्तेलले पाएको थियो । टेन्डर मार्फत हुनु पर्ने कामका लागी जनप्रतिनिधिकै उपस्थितीमा चेत बहादुर राजभण्डारीको अध्यक्षता उपभोक्ता समिति गठन गरेर काम अगाडी बढाइएको थियो ।

यता ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले भने नेपाल प्राधिकरणले टेन्डर मार्फत हुने कामको विषयमा पालिकालाई जानकारी नगराउदा डुब्लीकेशन भएको बताउनुभएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!