महिला सहकारीको मुनाफा ३ लाख

हिमाल एफ.एम.
सोलुखुम्बु, माघ १४

हिमालचुली सृजनशील महिला बचत तथा ऋण सहकारी संस्थाले ३ लाख मुनाफा आर्जन गरेको छ । सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीवाट संचालित सहकारीले आर्थिक बर्ष २०७४–७५ मा ३ लाख ९ हजार ३२२ रुपैयाँ मुनाफा आर्जन गरेको हो ।

आईतबार सल्लेरीमा आयोजित ११ औ साधारण सभाको अबसरमा शेयर सदस्यहरुलाई गत आर्थिक बर्षको आयव्ययको विषयमा जानकारी गराईएको छ । ३१ लाख भन्दा बढि प्ुँजी रहेको सहकारीले होटल, कृषि र पशुजन्य व्यवसायमा लगानी गर्दै आएको छ ।

सहकारीले आर्जित नाफामध्येवाट झण्डै पचास प्रतिशत रकम शेयर सदस्यहरुलाई वितरण समेत गरेको छ । ब्याजबाट भएको आम्दानी एक लाख ३१ हजार ४२० रुपैयाँ र लाभांशवापत्को ११ हजार ४५४ रुपैयाँ शेयर सदस्यलाई वितरण गरेको सहकारीकी अध्यक्ष एक कुमारी कार्कीले जानकारी दिईन् ।

१६७ शेयर सदस्य रहेको सहकारीमा २० वटा महिला समूह आबद्ध रहेका छन् । चालु आर्थिक बर्षमा शेयर सदस्य २५० र शेयर पुँजी ५ लाख पु¥याउने लक्ष्य राखिएको छ । महिलाहरुको शसक्तिकरण र आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले २०६४ सालमा स्थापना गरिएको सहकारीले सहकार्यको भावना बृद्धि गर्दै आयआर्जनका क्रियाकलापमा सहयोग गर्दै आएको अध्यक्ष कार्कीले बताईन् ।

घरेलु हिंसा प्रभावितका लागि जिल्ला सेवा केन्द्र समेत संचालन गरि हिंसामा परेकाको उद्धार तथा पुर्नस्थापना समेत भूमिका निर्वाह गरेको सहकारीले सल्लेरी स्थित याङडी शेर्पाले निशुल्क उपलब्ध गराएको आधा रोपनी जग्गामा भवन निर्माणको कामलाई जारी राखेको छ । उक्त भवन निर्माणमा चालु आर्थिक बर्षमा सोलुदुधकुण्ड नगरपालिकाले ५ लाख रकम विनियोजन गरेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु