महिला भलिबलको उपाधि संखुवासभालाई

हिमाल एफ.एम.
सोलुखुम्बु, फागुन ११

प्रदेश नम्बर १ स्तरिय महिला भलिबल प्रतियोगिताको उपाधी सखुंवासभाले हात पारेको छ ।

शनिबार भएको फाईनल खेलमा ओखलढुगांलाई २५–५,२५–१७ र २५–१९ को सोझो सेटमा पराजित गर्दै सखुंवासभाले उपाधी उचाल्न सफल भएको हो ।

सल्लेरीको एक खेल मैदानमा भएको प्रतियोगितामा सोलुखुम्बु तेश्रो भएको छ । सोलुखुम्बुले सुनसरीलाई ३-२ ले पराजित गर्दै तेश्रो स्थान ओगट्न सफल भएको हो ।

शिर्ष स्थान ओगट्न सफल प्रतियोगीहरुलाई प्रदेश सांसद बुद्धि कुमार राजभण्डारीले मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

पुरुषतर्फको प्रदेशस्तरीय भलिबल छनोट खेल फागुन १३ गतेबाट ओखलढुंगामा सुरु हुनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु